बलिउड सुपरस्टार्सका कन्फेसन, जसले पार्यो फ्यानहरुलाई चकित



एजेन्सी । बलिउडका सेलिब्रेटीहरु समय समयमा अनेक प्रकारका स्टेटमेन्टस्  सार्वजनिक गरेर चर्चामा आउने गर्दछन्। यसैक्रममा बलिउडका चर्चित स्टारहरुले आफ्ना सबै फ्यानहरुलाई चकित पार्ने खालका कन्फेसन गरेका छन्।

सलमान खान : 

सबै भन्दा पहिले चर्चा गरौँ बलिउडका सुपरस्टार सलमान खानको उनले एकपटक आफु अहिले सम्म पनि भर्जिननै रहेको र भबिष्यमा  श्रीमतीको लागि आफ्नो भर्जिनिटि बचाएर राखेको  भनि कन्फेस गरेका थिए।उनको यो कन्फेसनले उनका करोडौ फ्यानहरु अचम्मित बनेका थिए। साथै यस कारण धेरैले उनको आलोचना पनि गरेका थिए र सामाजिक संजालहरुमा समेत उनको  ट्रोलहरु बनेका थिए।

ऋतिक रोशन : 

बलिउडका सफल नायक जो सुपरहीरोका छबिका कारण बलिउडमा चर्चित छन्। उनले पनि आफ्नो बाल्यकालको बारेमा सबैलाई छक्क पार्ने कन्फेसन गरेका छन्।उनले एक पटक  भकभकाउने बानीका कारण आफ्नो बाल्यकाल नर्क भएको खुलासा गरेका थिए। यसकारण उनलाई पब्लिकमा बोल्न एकदमै गारो हुन्थ्यो साथै उनका साथीहरुले पनि उनलाई जिस्काउने गर्थे।

करिना कपुर:

करिना कपुरले एक पटक आफुलाई फ्लाइटमा जिन्स लगाएर  सुत्न मजा लाग्ने बताएकी थिइन्। यसका साथै उनले आफ्नो जिन्स महिनौ सम्म पनि नधुने बताएकी थिइन्। उनको यो कन्फेसनले सबै छक्क परेका थिए।

रनवीर कपुर :

बलिउडका चर्चित नायक रणबीर कपुर आफ्ना लभ अफेयर्सका कारण निकै चर्चामा आउने गर्छन्। छोटो समय सम्म एकजना सँग रिलेसनशिप रहने र फेरी ब्रेक अप गर्ने रणबीरले ,दीपिका पादुकोण तथा कट्रिना जस्ता हिरोइनहरुलाई डेट गरिसकेका छन्। उनले एक समय आफु धोकेवाज रहेको स्विकार गरेका थिए। आफु दीपिका संग सम्बन्धमा रहँदा अपरिपक्व रहेको तथा दिपिकालाई धोका दिएको स्विकार गरेका थिए।

शाहरुख खान:

बलिउडका किङ्गको उपनाम पाएका सुपरस्टार  शाहरुख खानले पनि आफुलाई साथी कसरी बनाउने थाह नभएको बताएका थिए। यसका साथै जो कोहि सँग पनि छिट्टै दुश्मनी मोल्ने बानि भएको बताएका थिए। यो कुराले उनका फ्यानहरु निकै अचम्ममा परेका थिए।

आलिया भट्ट

बलिउडकी नायिका आलिया भट्टले एक इन्टरभ्युमा आफुलाई अंध्यारो संग डर लाग्ने यसकारण रातमा बत्ति बालेर सुत्ने गरेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्