प्रशान्त र फेसबुकको सहायताले ‘रणवीर’सँग जोडिएकी सुपुस्पा



रंगखबर, काठमाडौँ – अभिनयको दुनियाँमा वर्षेनी दर्जनौं अनुहारको प्रवेश हुन्छ । कोहि सफलताको उच्चतम विन्दुमा पुग्न सफल हुन्छन, त कसैको प्रवेशसँग निस्कासन पनि जोडिन्छ । तर, पनि अभिनयमा रमाउन चाहनेहरुको वर्षेनी लामो लर्को लाग्छ ।

अभिनयको प्यास मेटाउने लक्ष्यसहित सुपुस्पा भट्टले ‘रणवीर’ मार्फत नेपाली फिल्म  दुनियाँमा पाइला टेकेकी छन् । चार्टर अकाउन्टकी विद्यार्थी भएपनि उनमा अभिनयको भुत सवार भैसकेको छ । माघ १८ मा उनको पहिलो कामको नजिता सार्वजनिक हुँदैछ । त्यसैले उनि परिक्षाको अन्तिम तयारिमा छिन् ।

‘रणवीर’सम्मको यात्रा

फिल्म खल्ने चाहना भएपनि सुपुस्पालाई गतिलो माध्यम मिलेको थिइन् । नत यो क्षेत्रमा उनलाई चिनेका कोहि नै थिए । फेसबुक मार्फत अभिनेता प्रशान्त ताम्राकारसँग जोडिए पछि, उनको चाहनामा घामको पहिलो किरणले प्रवेश गर्यो । त्यहि किरणको माध्यमबाट उनले प्रशान्तलाई आफ्नो चाहना जिकिर गरिन । र, प्रतिक्षामा बसिन् ।

लामो समय पश्चात, प्रशान्तले लिड रोल निभाउने ‘रणवीर’मा महिला लिडको खाँचो पर्यो । प्रशान्तले सुपुस्पालाई अडिसनको लागि प्रस्ताव गरे । सुपुस्पा मनमा खुसि र डर लिएर ‘इन्टरनेशनल क्लब’ सानेपामा अडिसन दिन पुगिन । त्यहाँ उनले एउटा सोलो डाइलग प्रस्तुत गरिन । त्यसपश्चात मुख्य कलाकार सुशील सिटौलासँग पनि सिन र संवाद दिइयो ।

बेलुकामा ‘रणवीर’मा छनोट भएको खबर पाएपछि उनको खुसिको सिमा नै रहेन । छोटो समयमै एउटा राम्रो टिम र बिग बजेटको फिल्ममा जोडिन पाएकी सुपुस्पाले सिक्ने र बुझ्ने मौकालाई खेर जान नदिएको बताउछिन । उनलाई अहिले पारिवारिक सपोर्ट पनि छ ।

सुपुस्पाले केहि फिल्म, विज्ञापन र म्युजिक भिडियोको पनि अफर आइसकेको बताइन । तर, उनि पहिलो फिल्मको नतिजा पश्चात मात्रै अन्य प्रोजेक्टमा जोडिने योजनामा छिन् ।

‘रणवीर’को टिम र कथा

सुपुस्पा जस्तै यहि फिल्मबाट ‘मिस इन्टरनेशनल २०१२’ सुवेक्षा खड्काले पनि डेब्यु गर्दैछिन । यी दुईका अलावा फिल्ममा सुशील सिटौला र प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा टिका पहारी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा ,जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको पनि अभिनय छ ।

प्रेम, मित्रता र बदलाको कथा भन्ने फिल्मलाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्