‘ठग्स अफ हिन्दोस्तान’मा मेघास्टार अमिताभको विचित्र हुलिया



रंगखबर, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को पहिलो चल तस्विर सार्वजनिक भएको छ । निक्कै प्रतिक्षा गरिएको फिल्मको चल तस्विर स्वरुप अमिताभ बच्चनको हुलिया दर्शक माँझ छोडिएको छ ।

 

तस्विरमा अमिताभलाई अहिलेसम्मकै विचित्र हुलियामा प्रस्तुत गरिएको छ । उनि खुदाबक्षको भूमिकामा छन् । विजय कृष्ण आचार्य निर्देशित फिल्म फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ ।

मेघास्टार अमिताभसँगै फिल्ममा आमिर खान, कट्रिना कैफ, फातिमा सना शेख लगायतका कलाकारको अभिनय छ । भारी बजेटमा निर्माण भएको फिल्म यहिँ दिवालीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्