शिल्पा पोखरेलको भयो ‘च्यानाकुटी झ्याई’ – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- फिल्म भिलेनको पहिलो गीत सार्वजनिक भएको छ । ‘च्यानाकुटी  झ्याई ‘ बोल रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीले कम्मर मर्काएका छन् । अन्जु पन्त र रामचन्द्र काफ्लेको आवाजमा सजिएको उक्त गीतमा लाल कुमार बरालको संगीत तथा एकनारायण भण्डारीको शब्द रहेको छ । गीत हेर्नुस :

द ग्लोबल पिक्र्चस प्रा.लि ब्यानर तथा कपिल खत्रीको प्रस्तुतिमा बनेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण, देबेन्द्र पाण्डेको निर्देशन गरेका छन भने मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ । यहि पौष २७ गते अल नेपाल प्रदर्शन हुने  फिल्ममा निखिल उप्रेती,शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्रीले प्रमुख भुमिकामा अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्