७.०९ फिटकी विश्वकै सबैभन्दा अग्ली महिला गेल्गी|आखिर कसरि भईन त गेल्गी अग्ली



रंग खबर, काठमाडौँ । नेपालको सन्दर्भमा सामान्यतया महिलाहरुको उचाई ५.०३ देखि ५.०५ सम्म हुने गर्दछ । विश्वमा अनेक कुराका रेकर्डहरु हुने गर्दछन । रेकर्डहरु आफैमा खुल्दुलीका बिषय हुन् । प्राय मानिस बिभिन्न खाले रेकर्डका बारेमा जान्न चाहन्छन | त्यस्तै महिला पुरुषको उचाइको रेकर्ड पनि एक खुल्दुलीको बिषय हुन् सक्छ ।

talles_moss-739x1024

कतिलाई आफ्नो होचो कदको चिन्ता हुन्छ त , कतिलाई अग्लो कदको । मानिसको उचाईका कुरा हरेक सन्दर्भमा जोडिएर आउने गर्दछन । मानिस प्रत्येक मान्छेको उचाईको बारेमा जान्न कत्ति पनि हिच्किच्याउदैन ।

आज हामी तपाईहरुलाई विश्वकै अग्ली महिलाको बारेमा जानकारी दिन्छौ । जो ७.०९ फिट अग्ली छिन । मानौकी ८ फिट नै भन्दा फरक नपर्ला । यी युवती टर्की रुमिजा गेल्गी नामकी सुन्दरी हुन् । उनलाई हेर्नलाई मानिसले टाउको पछाडी पट्टि झुकाउनु पर्ने हुन्छ ।

यी किशोरी यति अग्ली हुनु एउटा वंशाणुजन्य रोगको कारणले हो । यसलाई वेभर सिन्ड्रोम भनिन्छ । सन् १९९७ मा गेल्गी जन्मिँदा विश्वमा यो रोग भएका मानिसको संख्या जम्मा २० थियो ।

यो रोग भएका मानिसहरुको जिउको उचाइ तिव्र रुपमा बढ्दछ । त्यसका साथै अन्य विभिन्न खाले स्वास्थ्य समस्या पनि हुन्छन् । घुँडा र कुहिनोमा पनि समस्या हुन्छ । हिँडडुल गर्न पनि समस्या हुन्छ । गेल्गी आफैलाई पनि हिँडडुल गर्न निकै समस्या छ ।

गेल्गी ५।६ वर्षकी हुँदा नै यो रोग भएको पत्ता लागेको हो । उनलाई यो रोग मात्र होइन स्कोलियोसिस नामक रोग पनि छ । जसका कारण उनको मेरुदण्ड सिधा छैन र निकै कमजोर पनि छ ।

यो दुर्लभ रोगका कारण गेल्गीका खुट्टाले उनको जिउको भार थाम्न हम्मेहम्मे पर्छ । हिँडडुल गर्न पनि वैशाखीको सहारा चाहिन्छ । तर यति हुँदापनि उनी खुसी नै छिन्, दुनियाको सबैभन्दा अग्ली किशोरी हुन पाएकोमा । सन् २०१४ मा विश्वकी सबैभन्दा अग्ली किशोरीको रुपमा उनको नाम गिनिज बुकमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्