विश्वकै सबैभन्दा होचो जोडीको यस्तो माया-प्रेम (फोटोफिचर सहित)



रंग खबर, काठमाडौँ | माया गर्नेलाइ कुनै पनि कुराले बाधा गर्दैन भन्ने भनाइका ज्वलन्त उदाहरण हुन् ३ फिट अग्ला ब्राजिलका पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनो । यी दुवै जना क्रमशः ३४.८ र ३५.२ इन्च अग्ला छन् । तर यिनीहरुको मायाप्रेम सगरमाथा भन्दा अग्लो लाग्छ जब तपाई यी दुइले रोमान्स गरेका फोटोहरु हेर्नुहुन्छ ।

Worlds-shortest-couple3

यसरी भएको थियो पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनोको प्रेमकहानी…

१० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।

तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्डि्रनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

Worlds-shortest-couple2

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।
अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ पाउलोको । तस्वीरमा हेरौँ यो जोडीको रमाइलो प्रेमलिला

तस्वीरमा हेरौँ यो जोडीको रमाइलो माया-प्रेम र दैनिकी:-

Worlds-shortest-couple1

 

Worlds-shortest-couple4

 

Worlds-shortest-couple5

 

Worlds-shortest-couple6

 

Worlds-shortest-couple7

 

Worlds-shortest-couple8

 

Worlds-shortest-couple9

 

Worlds-shortest-couple10

 

Worlds-shortest-couple11

 

Worlds-shortest-couple12

प्रतिक्रिया दिनुहोस्