“यस पालि त बिहे गर्ने हो” लिएर आए गायक राजबंशी ( भिडियो )



गायक बल बहादुर राजबंशी नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक गरेका छन् ।

सार्बजनिक गरिएको यो गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा शब्द रचना राजु बाबु श्रेष्ठ संगै उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा चर्चित मोडल अलिशा राई अनि भीमफेदी गाईजको अभिनय लाई देख्न सकिने छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा द मनिटेजको सम्पादन संगै भीमफेदी गाईज निर्मल लामा (बिजिको) को निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्