‘होस्टेल रिटर्न्स’ को भ्यालेन्टाइन उपहार: मुसुक्क हास्ने बानीले ज्यानै लिने भो



रंग खबर, काठमाण्डौं, फागुन ०२ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर आज प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स’ को नयाँ अडियो गीत सार्वजनिक गरिएको छ । सम्पुर्ण दर्शकहरुलाई उपहार स्वरुप ‘मुसुक्क हास्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो ।

hostel returns pic

सार्वजनिक गीतमा द स्याडोज नेपालका स्वपनील शर्माको शब्द तथा संगीत रहेको छ । स्वर भने स्वपनील र श्रेया सोताङको रहेको छ । सुरज भुषालको निर्देशनमा बनेको यो फिल्ममा शुसिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल र स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको छ ।

सिभिल इन्जीनियरिङ पढ्ने बिधार्थीको कथामा निर्मित यो फिल्म आगामी वैशाख २५ देखि देशव्यापी प्रर्दशन हुने छ । फिल्मलाई ‘सायद’ र ‘होस्टेल’ जस्तो व्यवसायिक सफल फिल्म निर्माण गरेको सुनिल रावलले निर्माण गरेका हुन् ।

सार्वजनिक गीत सुन्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/1erIosIlBTA[/its_video]

 

प्रतिक्रिया दिनुहोस्