उपाधि बहस: वरिष्ठ कलाकारको चाहना छताछुल्ल भएको हेर्न पटकै मन छैन – वर्षा सिवाकोटी



रंगखबर, काठमाडौँ – कलाकारको उपाधि विषयले पुन: यो साता बहस निम्त्यायो । अभिनेता भुवन केसीले अभिनेता शिव श्रेष्ठलाई महानायक र अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपाधि दिएपछि यो विषयमा फेरि बहस सुरु भएको छ ।

सामाजिक संजालमा आम मानिस पनि बिभिन्न कलाकारहरु पक्ष र बिपक्षमा उभिएका छन् । यसै बीच अभिनेत्री वर्षा सिवाकोटीले यो समय उपाधि भिडन्तको लागि नभएर दर्शक हलसम्म कसरी ल्याउने भन्नेबारे बहस हुनु पर्ने आशय व्यक्त गरेकी छन् ।

उनी फेसबुकमा लेख्छिन, ‘मेरो विचारमा सुरुवातमा चलचित्र क्षेत्र सहज हुनुपर्छ, जसरी पुराना दिनहरुमा हरेक साता नयाँ चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने वातावरण थियो, ति दिनहरु फर्किएर आउन भनेर कामना गर्नुपर्दछ । हाम्रो काम दर्शकले मुल्याकंन गर्ने वातावरण बन्नु चाहि सुहाउँदिलो कुरा हो । कोहि कसैले स्वमुल्याकंन गर्ने होइन् । हामी सबै चलचित्रकर्मीले त्यहि मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरुले विशेश ध्यान दिएर त्यसअनुरुपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननिय अग्रजहरुको चाहना अर्कै देखियो । कलाकार त्यसमाथी वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणिय अग्रज व्यक्तित्वहरुको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन् ।’

वर्षाले जे भएपनि आफुले अग्रज कलाकारहरुलाई सदैव सम्मान गर्ने पनि बताएकी छन् । वर्षा जस्तै केहि फिल्मकर्मी र दर्शकहरुले पनि यो समयमा अग्रज फिल्मकर्मीहरु यस्तो विषयमा नअड्किनु पर्ने धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्