हेमन्तको ‘टुट्यो तार सारंगी’ मा रन्जन र सम्पदाको जोडी



रंग खबर, काठमाण्डौ । साहित्यकार एवम रचनाकार हेमन्त ढुंगेलको शब्द रहेको ‘टुट्यो तार सारंगीको’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । प्रतिबिम्ब एल्बममा समावेश उक्त गीतमा रन्जन रिजाल र सम्पदा बानिँया जोडी बनेका छन् ।

pratibimba-2

अशोक थापाको संगीत र शिशिर योगीको स्वर रहेको यो गीतमा वास्तविक जीवनलाई उतार्ने प्रयास गरिएको बताइएको छ । विधान कार्कीले निर्देशन गरेको यस गीतको छायांकन राजधानी भित्रै गरिएको हो । विदुर पाण्डेको छायांकन रहेको यस गीतलाई निशान घिमिरेले सम्पादन गर्दैछन् ।

‘गीतले बोलेजस्तै एउटा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथालाई हामीले भिडियोमा देखाउन खोजेका छौ’, निर्देशक कार्कीले भने– ‘भिडियोलाई राम्रो बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौँ । ’

गीतमा मोडल रन्जन र सम्पदाको रोमान्स देख्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्