‘ज्वाइँ साब’को वर्कशपमा कलाकारहरु



रंगखबर, काठमाडौँ: रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप धमाधम चलिरहेको छ ।

केही दिनदेखि काठमाडौंमा फिल्मको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् ।

फिल्मको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् । मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।

फिल्मको शिर्ष भूमिकामा जितु नेपाल देखिदैछन् । नायिका नीति शाह पनि यो फिल्मलाई लिएर उत्साहित छिन् । फिल्मको प्रदर्शन मिति तिहारमा पक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्