कलिउडका ‘रावण’ सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ : रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति ‘रावण’ सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गीतको सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ।

‘रावण मा धार्मिकग्रन्थमा उल्लेख भए अनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ। रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ। तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ।
गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको गीतमा  नवराज उप्रेतीको सिनेमेटोग्राफी, नविन निरौलाको सम्पादनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्