बैंकले सुचना निकालेपछि केकीले भनिन् – ‘पैसाको अभाव हुनु अपराध होइन्’



keki adhikariरंग खबर, काठमाण्डौ ।  नायिका केकी अधिकारीले पैसाको अभाव हुनु अपराध नरहेको बताएकी छिन् । केकीको जमानतमा बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्न सिभिल बैंकले ३५ दिने म्याद सहितको सूचना मंगलबारको नागरिक दैनिक पत्रिकामा निकालेपछि संचारकर्मीले लिएको प्रतिक्रियामा उनले यस्तो बताएकी हुन् ।

‘कसैको चोर्न, ढाट्न र लुट्न चाहि अपराध हो तर पैसाको अभाव हुनु भनेको अपराध होइन्’, केकीले भनिन्– ‘यस्ता अभावहरु जिवनमा आइराख्छन् ।’ केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं.६ सिट नं १०२–१०३० कित्ता नं १९३ को २२२।५३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको सूचनामा उल्लेख छ । जसमा अभिनेत्री केकी अधिकारी जमानत बसेकी छिन् । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।

बैङ्कले निकालेको सूचना बारे अभिनेत्री केकीले भनिन्– ‘सुचना सत्य हो । हामीलाई जानकारी नै नदिइ बैङ्कले सूचना निकाल्यो । बैङ्बाट लोन मैंले लिएको पनि होइन मेरो बाबा आमाले लिएको हो । म पब्लिक फिगर भएको कारणले मलाई यसरी प्रस्तुत गरियो । ’ ‘यसलाई विवादित पनि बनाउन सकिन्छ । तर मैंले यसलाई स्विकारेको छु । ’ उनले थपिन् ।

केकीका अनुसार आफ्नो स्कूल र फिल्म ‘ज्यान हाजिर छ’ बाट घाटा व्योहोरेपछि आफुहरु आर्थिक मन्दीमा परेको र यसलाई नकरात्मक फाइदाको रुपमा उठाइएको हो । ‘तरपनि केही छैन हामी यो समस्यालाई छिट्टै समाधान गर्ने प्रयाशमा छौं । यदि सकिएन भने पनि घर जान्छ , हामी हुन्छौं’, उनले भनिन् ।

suchana

प्रतिक्रिया दिनुहोस्