विन्ध्यावासिनी म्युजिक अवार्ड मंसिर २६ मा । गीतकार अधिकारीलाई लाइफटाइम अवार्ड दिइने



Dinesh Adhikariरंग खबर, काठमाण्डौं । विगत ४ वर्षदेखि प्रदान गरिदै आएको विन्ध्यवासिनी म्यूजिक अवार्डको पाँचौ संस्करण आगामी मंसिर २६ गते शुक्रबारका दिन भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ । विन्ध्यावासिनी म्युजिक कम्पनीले यो अवार्ड प्रदान गर्दै आइरहेको हो ।

अवार्ड समारोहमा ३१ विधामा अवार्ड प्रदान गरिने र हरके विधाका लागि ५/५ नोमिनेशन सार्वजनिक गरिएको विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशक सुवास रेग्मीले जानकारी गराएका छन् । उनका अनुसार जुरीले दिएको नम्बरबाट ५० प्रतिशत, एसएमएस भोटिङबाट ४५ प्रतिशत र आयोजकबाट ५ प्रतिशत जोडेर विजयी चयन गरिनेछ । अवार्ड समारोहमा सर्वोत्कृष्ट गीत, संगीत, गायक, गायिका, गीतकार, महिला गीतकार, चलचित्र गायक, चलचित्र गायिका, चलचित्र संगीत, आधुनिक र दोहोरीतर्पm म्युजिक भिडियो मोडल निर्देशक, छायांकार, पप गायक, पप गायिका, पप संगीत, एलबम र म्युजिक कम्पनी विधामा अवार्ड प्रदान गरिने विन्ध्यवासिनी म्युजिक कम्पनीकी अध्यक्ष लीना रेग्मीले जानकारी गराइन् ।

अवार्ड समारोहमा गीतकार दिनेश अधिकारीलाई गीत लेखनको क्षेत्रबाट नेपाली संगीत जगत्लाई योगदान पु¥याएवापत उच्च मूल्यांकन गर्दै नगद ५१ हजार १ शय ५१ रुपैँया सहितको ‘‘बिन्ध्यबासिनी लाइफ टाइम एचिप्मेन्ट अवार्ड ’ प्रदान गरिने भएको छ । त्यसैगरी सञ्चारकर्ममार्पmत गीत संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पु¥याएवापत गीतकार तथा सञ्चारकर्मी नवराज लम्साललाई २५ हजार ५ शय २५ का साथ बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान प्रदान गरिने रेग्मीले जानकारी गराए । त्यसै गरी यस वर्षको बिन्ध्यबासिनी संगीत रत्न सम्मान १५ हजार ५ शय १५ रुपियाका साथ गायिका अन्जु पन्तलाई प्रदान गरिने उनले बताए ।

‘सम्मानले प्रोत्साहन गर्छ, अवार्डले उर्जा दिन्छ । यो अवार्ड र सम्मानले संगीतको क्षेत्रमा उत्साह र उर्जा भर्दै आएको महशुष गरेका छौँ ’ रेग्मीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्