विशेष सम्पादकिय : रंग पत्रकारिता भित्र ‘रंग खबर’ को प्रवेश



कुनै पनि कामको शुरुवात अन्त्य हुनका लागी होइन, रोकिनका लागी पनि होइन, अझ विश्राम लिनका लागी त झन हुदै होइन् । एउटा अर्थपुर्ण यात्राका लागी गर्नुपर्छ । यो एउटा सर्वव्यापी मान्यता नै हो । यही मान्यतालाई आत्मसाथ गर्ने जमर्कोका साथ हामीले आजबाट ‘रंग खबर डटकम’ अथवा www.rangakhabar.com नामक अनलाईन पत्रिका शुरु गरेका हौँ । कला, साहित्य र मनोरञ्जनका समाचारलाई बढावा दिने उद्धेश्यका साथ हामी रंग पत्रकारिताको दुँनियामा प्रवेश गर्दैछौ ।

Logo Design

पछिल्लो समय विश्वमै फष्टाइरहेकोे अनलाईन पत्रकारिताभित्र पनि रंग पत्रकारितालाई जोड दिने हाम्रो लक्ष्य हो । संगसंगै सामाजिक खबरहरुलाई पनि ‘अफ दि बिट’ का रुपमा हामीले स्थान दिने सोच बनाएका छौँ । किनभने हामी समाजभन्दा टाढा रहेर पत्रकारिता गर्न सक्दैनौ । पत्रकारितामा सबैभन्दा कान्छो विद्याको रुपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रिया बढ्दो छ । अहिले नेपालमा पनि अनलाईनहरु खुल्ने क्रम बढ्दो छ । यो भिडमा हामी पनि आजबाट छाएका छौँ । अरु अनलाईन भन्दा उत्कृष्ट लेख्छौ र गर्छौ त हामी भन्दैनौ । तर फरक बन्ने कोशिष भने निरन्तर गरिरहने छौं ।

पछिल्लो समय धेरैजसो अनलाईनहरु पाठकका लागी भन्दा पनि जसले लेख्न लगाउँछन् तिनीहरुका लागी नै लेख्छन् भन्ने आलोचना पनि सुनिन्छ । तर हामी प्रण गर्छौ कि सधै हामी पाठकका लागी लेख्ने छौं । पत्रकारिता भित्र निष्पक्षता अनिवार्य छ । त्यसैले निष्पक्षता हाम्रो पहिलो धर्म हुनेछ भने व्यवासायीक मर्यादा भित्र रहेर सबै क्षेत्रको समाचारलाई यथाशिघ्र चाडो तपाईहरुको नजरमा पु¥याउने अर्को ध्येय हुनेछ । पाठक नै हाम्रा भगवान हुन् त्यसैले पाठकका प्रतिक्रियाहरु हामीलाई अघि बढाउने माध्यम हुन् । हामी ति प्रतिक्रियाहरुलाई सधै आत्मसाथ गरेर अघि बढ्नेछौँ । रंग पत्रकारिता भित्र पर्ने सबै विद्याका समाचारलाई विना पक्षपात सम्प्रेषण गर्ने प्रतिवद्धता गर्दछौँ । त्यसैले हाम्रो अनलाईनको नारा नै ‘सबै रंग, तपाई संग’ राखिएको हो ।

अन्त्यमा, हामी हाम्रो अनलाईन सधै क्लिक गरिरहनुस् भनेर त भन्दैनौ तर एकपटक क्लिक गर्न आग्रह गछौैँ । सधै गर्न मन लागिरहने बनाउनेछौँ । यो हाम्रो प्रतिवद्धता हो । सधै तपाईको साथ, माया र सहयोगको अपेक्षासहित ।

अनिल यादव– सम्पादक /प्रकाशक

प्रतिक्रिया दिनुहोस्