शाहरुखलाई उछिन्दै सलमान बने सबैभन्दा बढी कमाउने सेलिब्रेटी



रंग खबर, भारत । सलमान खान २०१४ का इंडियाका नम्वर १ सेलेब्रेटी बनेका छन् । सलमानले अमिताभ बच्चन, साहरुख खानलाई पनि पछाडी पारेका छन् । इंडियन चर्चित म्यागेजिन “फोब्र्स इंडिया” गरेको सर्बेमा इंडियाको १०० सेलेब्रेटीको लिस्ट सार्बजनिक गरेको थियो । २०१३ अक्टुबर देखी २०१४ सेप्टेम्बर सम्मको बार्षिक गतिबिधीमा केन्द्रित उक्त सर्बेक्षणमा सेलेब्रेटीको कमाई, लोकप्रियतालाई मुख्य प्राथमिकता दिइएको थियो ।

khan

सलमान खानले यो बर्ष सर्वादिक कमाई गर्दै नम्बर १ बनेका हुन । उनले यो बर्ष २४४.५० करोड भारु कमाएका हुन । यो बर्ष सलमानका २ वटा फिल्म प्रर्दशन भए किक र जय हो, र दुई ओटैले १०० करोड माथिको ब्यापार गर्न सफल भए । र फिल्म किकले २३३.५० करोडको ब्यापार गर्दै यो बर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । सलमानले होस्ट गरको बिग बोस ८ ले पनि सफलता पाएको कारण सलमान यो बर्षका नम्बर १ सेलेब्रेटी बनेका हुन ।

त्यस्तै दोस्रो नम्बरमा अभिनेता अमिताभ बच्चन रहेका छन् । कोन बनेगा महाकरोडपतिका होस्ट अमिताभले यो बर्ष १९६.७५ करोड कमाएका हुन् । अमिताभको यो बर्ष प्रर्दशनमा आएको फिल्म भुतनाथ रिर्टन्सले बक्स अफिसमा ठिकैको ब्यापार गरेको थियो ।

गएका २ बर्ष लगातार नम्बर १ बनेका अभिनेता साहरुख खान यो बर्ष २ स्थान तल झर्दै तेस्रो नम्बरमा आइपुगेका छन् । यो बर्ष साहरुखले कुल २०२.४० करोड भारु कमाएका छन् । साहरुखको यो समयाबधीमा कुनै पनि फिल्म प्रर्दशन भएनन् ।

त्यसैगरी इंडीयन क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी लिस्टको चौँथो नम्बरमा छन । उनको कुल कमाई १४१.८० करोड रहेको छ । पाँचौ नम्बरमा भने अक्क्ष्य कुमार रहेका छन् । अक्क्ष्यले बर्ष भरी १७२ करोड कमाई गरेका छन् । अक्क्ष्यको यो समअबधिमा ३ फिल्म बोस, होलीडे र इन्टरटेनमेन्ट पर्दशन भएका थिए । जसमा बोस फ्लप, होलीडे हिट र इन्टरटेनमेन्टले ठिकैको ब्यापार गरको थियो ।

छैटौ नम्बरमा भारतिय क्रिकेट खेलाडी बिराट कोहली रहेका छन् । उनको कुल कमाई ५८.४३ करोड रहेको छ । अनी त्यसैगरी अभिनेता आमिर खान लिस्टको सातौ नम्बरमा रहेका छन उनले बर्षभरी ८५ करोड कमाई गरेका छन् । टप टेन लिस्टमा पर्न सफल एकमात्र अभिनेत्री दिपिका पादुकोण ६७.२० करोड कमाउदै लिस्टको आँठौ स्थानमा रहेकी छिन् । नम्बर नौ मा भने रित्तिक रोशन पर्न सफल भएका छन् । उनको कुल कमाई ८५ करोड रहेको छ । र दशौ स्थानमा चर्चित भारतिय क्रिकेटर सचिन तेन्दुलकर रहेका छन् । उनको कमाई कुल ५९.५४ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्