‘मिश्रण’ को विमोचन गराउँदै मनोजले भने– ‘एकदिन राजेशपायल जस्तै बन्छु’



रंग खबर, काठमाण्डौं, मंसिर २८–  नवगायक मनोज महतोको पहिलो एल्बम ‘मिश्रण’ को आज राजधानीमा विमोचन गरिएको छ ।

Manoj Mahato

चर्चित पाश्र्व गायक राजेशपायल राईबाट प्रभावित मनोजले आफ्नो पहिलो एल्बम पनि उनकै हातबाट विमोचन गराए । विमोचन समारोहमा बोल्दै मनोजले राजेशपायलसंग फोटो खिचाउने सपना आज एल्बम विमोचनको वहानामा पुरा भएको बताए । उनले आफु एकदिन पाश्र्व गायनको क्षेत्रमा राजेशपायल जस्तै चर्चित हुने आत्मविश्वास पनि प्रकट गरे ।

यता कार्यक्रमको प्रमुख अतिथि बनेर आएका गायक राजेशले नेपाली संगितलाई माया गरेर यसमै भविष्य बनाउँछु भनेर आउने सबै नवप्रतिभाहरुलाई आफुले साथ र सहयोग गर्ने गरेको बताए । ‘मनोजसंग पनि राम्रो प्रतिभा छ’, उनले भने– ‘त्यसैले म जस्तो नबनेर मनोजले आफ्नै नामबाट नँया पहिचान राख्ने आशा राखेको छु । ’

album release

कार्यक्रमका अर्का अतिथि वरिष्ठ संगितकार वसन्त सापकोटाले वसन्तले पाश्व गायनको क्षेत्रमा सम्भावना देखाएको बताए । ‘उनको स्वर पाश्व गायनसंग मिल्ने खालको रहेछ’, चारवटा म्युजिक भिडियो हेरिसकेपछिको उनको प्रतिक्रिया थियो ।

यसैगरी ब्रेन टियुमरका कारण अस्पतालमा थलिएका गीतकार तथा संचारकर्मी सुर्यकुमार क्षेत्रीलाई नवगायक मनोजले १० हजार नगद सहयोग समेत गरेका छन् । उनले सो रकम कार्यक्रममा राजेशपायल मार्फत संगीतकार लक्ष्मण शेषलाई हस्तान्तरण गराएका थिए ।

मनोजको मिश्रण एल्बममा चोली ल्याउँछु, नक्कली रै’छौ, के सोचेकी, तिमी मेरो, अप्ठ्यारो बाटो, तिम्रो जवानीको र स्वर्गभन्दा सुन्दर बोलको गीत समावेश छन् । एल्बममा वसन्त सापकोटा, साजन शाह, राज सागर र मनोज आफैले संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्