आफ्नै मायालाई छोडेर विदेशिनु परेपछि…(भिडियो)



रंग खबर, काठमाण्डौ । गायक देव नेम्वाङको ‘माया मेरी माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

photo

साहुको ऋण तिर्न नसकेपछि आफ्नो मायालाई छोडेर विदेशिनु पर्ने एक नेपालीको पिडालाई कलात्मक ढंगले भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा सुगम नेम्वाङ र इन्दिरा लिम्बुले अभिनय गरेका छन् । गायक नेम्बाङ आफैले संगित भरेको यो गीतलाई विवश लिम्बुले लेखेका हुन् ।

ज्ञानु सुब्बाले निर्देशन गरेको यो भिडियोलाई बिक्रम वि.सि. ले खिचेका हुन । जिवन लिम्बुको पोष्ट प्रोडक्शन, चन्द्र चौधरीको एरेन्ज र टेकेन्द्र शाहको कलर रहेको यो गीत बाध्यताले विदेशिएका नेपालीहरुले रुचाउने गायक नेम्वाङको विश्वास छ ।

Watch Song Here :-

[its_video]http://youtu.be/dLP2wmY88Bw[/its_video]

 

प्रतिक्रिया दिनुहोस्