मधुले अनुष्कालाई आकाशभन्दा बढी माया गरेपछि…..(भिडियो)



लक्ष्मी काफ्ले, विर्तामोड । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा आएका गीतहरुको भिडमा एउटा गीत हो– ‘यो आकाश भन्दा धेरै माया गर्नेछु तिमीलाई नै’ । केही महिनायता नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएको यो गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।

Madhu 2

गायक डेविड एम.जी.आरले निकाल्न लागेको पहिलो एल्बम ‘डेविड’मा समावेश गरिने यो गीत एल्वम निकाल्नु अगावै चर्चामा आयो । गीतलाई स्रोताले अत्यधिक मन पराएकाले नै म्यूजिक भिडियो पनि निकाल्न हौसला मिलेको गायक डेविड बताउँछन् । यस म्यूजिक भिडियो मार्फत नव निर्देशक योदिन एम.एल सम्बाहाम्फेले पनि म्यूजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् । सम्बाहाम्फेले निर्देशन गरेको पहिलो म्यूजिक भिडियोलाई दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

नेपाली गीतसंगीको क्षेत्रमा संघर्ष गरिरहेका गायक डेविडले आफ्नो पहिलो एलवम् ‘डेविड’ चाँडै बजारमा ल्याउँदैछन् । एलबममा पाँचवटा गीत समावेश गरिने उनी बताउँछन् । काठ्माण्डौं निवासी गायक डेविडले आफ्नो पहिलो एलवम् निकाल्नु अगावै एल्वमभित्रको एउटा गीतको भने म्यूजिक भिडियो नै बजारमा आएको हो ।

Madhu 1

म्यूजिक भिडियोमा कलाकार मधु न्यौपाने र नायिका अनुष्का ढकालको मुख्य अभिनय रहेको छ । मधु र अनुष्काले उत्कृष्ट अभिनय गरेको भिडियोमा मधुले अनुष्कालाई ‘खुला आकाशभन्दा बढी माया’ गर्ने वाचा गर्दै पिछा गरेको देख्न सकिन्छ । निर्देशक सम्बाहाम्फेले पहिलो म्यूजिक भिडियो मै आफ्नो क्षमता देखाएका छन् ।

म्युजिक भिडियोमा भएका सिनहरु अन्तराष्ट्रिय गुणस्तरको भएको निर्देशक सम्बाहाम्फे बताउँछन् । उनी भन्छन्– ‘नेपालमै सुटिङ गरिएको यस म्यूजिक भिडियोमा विल्कुलै नयाँपन देख्न सकिन्छ । भिडियोमा एउटा केटाले आफूलाई मन परेको केटी पाउनका लागि कतिसम्म दुःख गर्नुपर्दोरहेछ भन्ने कथा समेटिएको छ ।’ भिडियो कमेडी, एक्सन र प्रेममा आधारित छ । हाँसो, दुःख र मिलनलाई उत्कृष्ट ढंगले संयोजन गरेकाले भिडियो उत्कृष्ट बनेको निर्देशकको भनाई छ ।

गीत पहिले नै चर्चामा आईसकेकाले यसको भिडियो अझ चर्चामा आउने निर्देशक सम्बाहाम्फे बताउँछन् । नेपाली मयूजिक भिडियोहरु एउटै स्थानमा छायांकन गर्ने क्रम बढीरहेका बेला यो गीतको म्यूजिक भिडियोमा भने भिन्नाभिन्नै स्थानका भिन्नाभिन्नै दृष्यहरु समावेश गरिएको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको यो म्यूजिक भिडियोलाई सङ्ग्स नेपालले बजारमा ल्याएको हो ।

Watch Songs Here :- 

[its_video]http://youtu.be/DWQ35Gq_BhE[/its_video]

प्रतिक्रिया दिनुहोस्