बलिउडका हिरो अर्जुन भन्छन्– ‘कानुनले दिए रणवीर र म बिहे गर्न तयार छौँ ’



रंग खबर, भारत । यदी रणविर सिंह र अर्जुन कपुर को सम्बन्धको बारेमा कुरा गर्ने हो भने, यि दुई जनाको अनस्क्रिन जोडी दर्शकले एकदमै मन पराएका थिए । जसरी फिल्म गुण्डे मा यि दुई हिरोले एक अर्कालाई साथ दिएका थिए , त्यसरी नै यि हिरोहरु अब आएर रियल लाईफमा पनि नजिकैका साथी बनेका छन् । आजभोली यिनीहरु अक्सर पार्टीमा संगै रमाईरहेका हुन्छन् ।

ranbir arjun 2

फिल्म क्षेत्रमा रनविर अर्जुन भन्दा अर्गज हुन । तर पनि यिनीहरुको आपसी सम्बन्ध सबैलाई थाहा छ । परिआएको बेलामा यिनीहरु एक अर्कालाई खुलेरै सहयोग गर्ने गर्दछन् । वेभदुनिया डटकमको खबर अनुसार यि दुई फिल्म “दोश्ताना” मा अभिषेक र जोनको जस्तै सम्बन्ध बनाउन चाहन्छन् । यो बिषयमा अर्जुन भन्छन “जुन दिन हाम्रो देशमा यस्तो किसीमको बिहेको कानुन बन्छ यो दिन हामी बिहे गछौ” ।

यो भनाईले अहिले बलिउड तताएको छ । के अर्जुन साच्चिकै बिहे गर्न आतुर छन् त । अहिले सम्म त यो सम्बन्ध अर्जुन र रणविर संग मात्र सिमित छ । यदि यो कुरा दिपिकालाई थाहा भएपछि यिनीहरुको बिचमा के बित्ला । यो सोचनिय बिषय बनेको छ । अब त यति मात्र भन्न सकिन्छ कि “ मा का लाड्ला बिगड गया” । कि कसो ?

प्रतिक्रिया दिनुहोस्