सुन्तली ट्रेलर : प्रियंका भन्छिन्– ‘तैले मलाई बदला लिन सहयोग गर्छु भनेको थिनस्’



रंग खबर, काठमाण्डौं । आगामी फागुन ०१ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘सुन्तली’ को अर्को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा ‘पानी बिना’ बोलको एउटा रमाइलो गीतको दृश्य पनि देख्न सकिन्छ ।

priyanka 2

सिनेमा हल सञ्चालन, निर्माण र वितरणमा संलग्न रहँदै आएका भाष्कर ढुंगानाद्वारा निर्देशित पहिलो फिल्म ‘सुन्तली’ यो ट्रेलरमा समावेश उक्त गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ । ट्रेलरभित्र समावेश नायिका प्रियंका कार्कीको अभिनय गजबको छ । फिल्ममा प्रियंकासंगै कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा लगायतको पनि अभिनय रहेको छ ।

करिब डेढ करोड लगानी रहेको भनिएको चलचित्र ‘सुन्तली यहि फागुन १ गते बाट प्रदर्शनमा आउदैछ ।चलचित्र ‘सुन्तली’ साउथ कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलका लागी छनोट भएको थियो । निर्देशक ढुंगानाकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् । डार्क कमेडी भनिएको यो फिल्म एउटा नारीको बदलाको कथामा आधारित रहेको बताइएको छ ।

फिल्मको नँया ट्रेलर यस्तो छ :-

[its_video]http://youtu.be/L69F8LWkIK4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्