गायिका योजना भन्छिन्- ‘आजभोली पिर व्यथा झनै बढीरा’छ’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । गायिका योजना पुरीको आजभोली पिर व्यथा झनै बढीरा’छ । तर रियल लाईफमा भने उनी खुसी नै छिन् । भर्खरै सार्वजनिक नवराज खड्काको एल्बम ‘अनुभुति’ मा समावेश ‘आजभोली’ बोलको म्युजिक भिडियोमा मात्र उनले यस्तै शब्द रहेको गीत गाएकी हुन् ।

yojana puri final

यस गितमा संगित रियाज सिवाकोटी र संगित संमयोजन निरज श्रेष्ठ रहेको छ । म्युजिक भिडियोमा फराज अपर्णको निर्देशन र सुरभि मानन्धर , के के अधिकारी र लक्कीको अभिनय रहेको छ ।

‘मनै त हो’ नामक एल्बम ल्याएर श्रोतामाझ चर्चा बटुलेका गायिका योजनाले ‘अनुभुती’ एल्बममा समावेश ६ वटै गीतमा ‘फिमेल भोकल’ दिएकी छिन् । उनीसंग विभिन्न लोकप्रिय गायकले गाएका छन् । सबै गितको म्युजिक भिडियो सहित अनुभुति वजारमा आउन लागेको एल्बम नवराज खड्ककाको एकल एल्बम हो ।

बिदेशमा बसेर देशका लागि गिति एल्बम ल्याउन लागेका गितकार नवराज खड्कका या पहिलो एल्बममा निकै मर्मस्पर्सी गितसंगित रहेका छन । आफुले पहिलो पटक यस्तो सेन्टीमेन्टल गित गाउने अवसर पाएकोमा आफु निकै खुशी र आशावादी रहेको योजना बताउँछिन् ।

Watch Song Here :-

[its_video]http://youtu.be/3xmdPEm6WBQ[/its_video]

 

प्रतिक्रिया दिनुहोस्