बलिउड फिल्मको इतिहास तोड्यो ‘पिके’ ले । भारतमा मात्र ३०५ करोड नेट कलेक्सन



रंग खबर, भारत । बलिउड फिल्मको इतिहास तोड्दै आमिर खान स्टारर फिल्म ‘पिके’ ले भारतमा मात्र ३०५ करोड नेट कलेक्सन गरेको छ । गत डिसेम्बर १९ मा पर्दशनमा आएको ‘पिके’ को यो  नेट कलेक्सन बलिउड फिल्म इतिहासमा सबैभन्दा बढि हो । ३०५ करोड फिल्मले मात्र १७ दिनमा कमाएको हो ।

पर्दशनको १७ औँ दिनमा फिल्मले ११ करोडको उच्च व्यापार गरेको थियो । पर्दशनको १७ औँ दिनमा आजसम्म कुनैपनि भारतिय फिल्मले १० करोड माथिको कलेक्सन गर्न सकेका थिएनन् । फिल्मले पहिलो दिन २४ करोड, पहिलो सप्ताहमा ९३ दिनमा ९५ करोड, पहिलो हप्ता १८३ करोड, दोस्रो सप्ताह ९१० दिनमा २३४ करोड, दोस्रो हप्तामा २७७ करोड, र तेस्रो सप्ताह ९१७ दिनमा ३०५ करोडको व्यापार गरेको हो । फिल्मको टोटल बजेट ८५ करोड हो । यसअर्थमा फिल्मका र्निमाताले अहिलेसम्म २२० करोड नाफा कमाईसकेका छन् ।

PK official

३०५ करोड नेट कलेक्सन गरेको यो फिल्मले भारतमा मात्र ४३९ करोड ग्रस कलेक्सन गरेको बताइएको छ । भने भारत भन्दा बाहिर १३४ करोड ग्रस कलेक्सन सहित बिश्वभर ५७७ करोड ग्रस कलेक्सन गरिसकेको छ ।  अब बलिउडमा पिकेले ३०० करोड क्लबको स्थापना गरिदिएको छ । ३०० करोड कमाउने पिके पहिलो भारतिय फिल्म हो । आमिर खानको फिल्म जहिले पनि बक्स अफिसमा अगाडी नै रहन्छन । यसअघि २०० करोड क्लबको स्थापना पनि आमिर खानकै फिल्म  “थ्रि इडियट” बाट भएको थियो । यति मात्र होईन १०० करोड क्लबको सुरुवात पनि आमिर खान स्टारर “गजिनी” ले गरेको थियो । बलिउडको सबैभन्दा बढि कमाउने फिल्म यसअघि पनि आमिरकै थियो । ‘धुम ३’ जसले २८० करोड भारु नेट कमाएको थियो ।

बलिउडका ‘मिस्टर प्रफेक्सन’ को नामले चिनिने आमिर साचिकै प्रफेक्ट मानिन्छन । उनी समाजिक फिल्ममा बढि काम गर्छन त्यसैले त उनका प्रत्येक फिल्मले बिभिन्न रेर्कड राख्ने गर्छन बलिउडमा । पिके एउटा धार्मिक अन्धविश्वास माथि बनेको उत्कृष्ठ चेतनामुलक फिल्म हो । फिल्म पिकेलाई सबैले रुचाईरहेका छन ।

फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन । फिल्ममा आमिरसंगै अनुष्का शर्मा, सुसान्तसिहं राजपुत र संजय दतको पनि मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्