म्युजिक भिडियो निर्देशक कोइरालाले आफुलाई यौन प्रस्ताव राखेको नायिका राईको आरोप



रंग खबर, काठमाण्डौं । नायिका तथा मोडल आयुषा राईले म्युजिक भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफुलाई यौन प्रस्ताव राखेको आरोप लगाएकी छिन । फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

फिल्म ‘बिर्खेलाई चिन्छस्’ बाट नायिकाको रुपमा डेब्यु भएकी आयुषालाई ३ महिनामा नेपालको टप हिरोइन बनाइदिने भन्दै फेसबुक म्यासेजमा र भेटमा ठाडो रुपमा यौन प्रस्ताव राखेको उनले स्टाटसमा लेखेकी छिन् । स्टाटस सहित उनले कोइरालाले आफुसंग च्याटिङ गरेको म्यासेज पनि सार्वजनिक गरेकी छिन् ।

munal and aayusha final
तस्विरमा निर्देशक मुनाल र आयुषा

आफुसंग ‘फिलिंग्स’ सहित बेडमा सुत्नुपर्ने प्रस्ताव राखे पनि दिमाग नभएको मान्छे भन्दै आफुले कुनै पनि जवाफ नफर्काएको आयुषाको भनाई छ । आयुषाले फेसबुकमा मात्र नभएर ‘फेस टु फेस’ आफुसंग प्रस्ताव राखेको समेत लेखेकी छिन् । साथै उनले निर्देशक कोइरालालाइ दिमाग नभएको २ कौडीको निर्देशक भन्दै म्युजिक भिडियोमा काम गरेको पैसा समेत बाकि रहेको लेखेकी छन् । आयुषाको सो स्टाटसमा निर्देशक कोइरालाले कमेन्ट गर्दै आफुले यौन प्रस्ताव नराखेको लेखेका छन् ।

तर आयुषाले सार्वजनिक गरेको म्यासेजलाई हेर्ने हो भने उनको ईशारा स्पष्ट बुझिन्छ । तर मुनालले आयुषाको स्टाटसमाथि व्यंग्य गर्दै यस्तो लेख्छन्– ‘नेपाली मेडिया र समाज सबै नारीकै सोच्छन ।’ उनले यस्तो लेख्दै अब आफु केहि नबोल्ने आयुषाको स्टाटसमा कमेन्ट गरेका छन् ।

aayusha and munal

 

यता आयुषाकै स्टाटसमा कमेन्ट गर्दै अर्की मोडेल बिस्मिता भण्डारीले पनि मुनाल शिशिरले पटक पटक म्यासेज गर्दै आफुलाई दिक्क लगाएका कारण ब्लक गरेको भन्दै म्यासेज पोष्ट गरेकी छिन । यसरी नायिकालाई निर्देशकहरुले यौन प्रस्ताव राख्ने गरेको भन्ने समाचार यो पहिलोपटक होइन् । यस्तो समाचारहरु विश्वभर नै धेरै आइरहेका छन् ।

नायिका आयुषाले नँया आउने कलाकारलाई सचेत गराउँन र अब यसरी निर्देशकहरुले प्रस्ताव राख्ने हिम्मत नगरुन भनेर यो कुरा सार्वजनिक गरेको समेत बताएकी छिन् । निर्देशक कोइरालाले आयुषासंग प्रस्ताव राखेको कुरा साँचो हो या होइन भन्ने विषयमा छानविन हुन आवश्यक देखिन्छ किनभने यो सिंगो कलाकर्मी संग जोडिएको विषय हो । कि कसो ?

aayusha post

प्रतिक्रिया दिनुहोस्