भिजे शिशिरले आफ्नै स्वर र निर्देशनमा ल्याए ‘छाडी गयौ निष्ठुरी’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । आर.जे, भि.जे तथा कलाकारका रुपमा परिचित शिशिर भण्डारी अब एकसाथ गायक र म्युजिक भिडियो निर्देशक पनि बनेका छन् । उनले पहिलो पटक गाएको ‘छाडी गयौ निष्ठुरी’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।

Sishir

भिडियोको सम्पादन पनि उनैले गरेका हुन् । गोपीकृष्ण टि.भी फिल्मीमा चर्चित कार्यक्रम ‘डुप्लिकेट’ सञ्चालन गर्दै आएका शिशिरको उक्त गीतमा शब्द अप्सरा गौतम र सँगीत टँक बुढाथोकीको रहेको छ । शिशिर आफैले निर्देशन गरेको गीतमा बिकास चापागाई, कृष्ण हुमागाई, अप्सरा गौतम र शिरस सिवाकोटीको अभिनय रहेको छ ।

सो सिम्पल, होस्टेल, बिर्खेलाई चिन्छस्, एउटा साथी र लभ सभ लगायतका फिल्ममा अभिनय गरिसकेका शिशिले अब गायन र म्युजिक भिडियो निर्देशनलाई पनि निरन्तरतता दिने बताए । आफ्नो आगामी चलचित्र ‘रोल्पा रोग’ का निमित्त पनि शिशिरले गीत गाएका छन् । जसमा शब्द र सँगीत पनि भण्डारीकै छ ।

Watch Song Here :- 

[its_video]http://youtu.be/-hOnPzX4ScU[/its_video]

प्रतिक्रिया दिनुहोस्