कमलमानसंग मिलेर स्मृतीले ल्याइन् ‘साभार स्मृती’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं। अष्ट्रेलियामा बस्दै आएकी गायिका स्मृती पोख्रेलको नयाँ एल्बम ‘साभार स्मृती’ विमोचन गरिएको  छ । राजधानीमा हालै आयोजित एक कार्यक्रमका विच कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकाल र गायक कमलमान सिंहले संयुक्त रुपमा एल्बमको बिमोचन गरेका हुन् ।

smriti album

एल्बमका गीतमा कमलमान सिंहकै संगीत तथा शब्द छ । एल्बममा ८ वटा गीत समावेश गरिएको छ । जसमा ‘नौ डाँडा, कस्तो भन तिमी, आउन सबै, मायैं हो, दिन वित्छ, मेरो माया, म त काँडा भएँ’ लगायतका गीत छन् । ‘आउन सबै’ बोलको गीतमा स्मृतीसँगै कमलमान सिंहले पनि स्वर भरेका छन् ।

savar smriti

एल्बम विमोचन कार्यक्रममा चार वटा गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि ढकालले प्रवासमा रहेर पनि स्मृतीले नेपाली गीत–संगीतप्रति देखाएको प्रेमको प्रशंसा गर्दै निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रममा चर्चित कभर डिजाइनर अनिल स्थापितले समेत स्मृतीको सफलताको कामना गर्दै मन्तव्य राखेका थिए ।

स्मृतीका गीतहरु हेर्नुस् :-

[its_video]http://youtu.be/HiRBCFhardM[/its_video]

[its_video]http://youtu.be/cso3REn-7wY[/its_video]

 

प्रतिक्रिया दिनुहोस्