बुटिक ओपनिङ गर्न पुगे तीन नायिका । झरनालाई गरिमाले देखिन् ‘बेहुली’ जस्तो !



रंग खबर, काठमाण्डौं । नेपाली फिल्मका तीन नायिकाहरु झरना थापा, गरिमा पन्त र निता ढुगांना शनिवार दिउँसो राजधानीको चावहिलस्थित के.एल.टावरमा देखिए । बिदाको दिनलाई सदुपयोग गर्दै उनीहरु त्यँहा क्रिसाज कलेक्शनको ‘ओपनिङ’ गर्न पुगेका थिए ।

garima neeta and jharna

सोहि कलेक्शनले डिजाइन गरेको पहिरनमा सजिएर ओपनिङ गर्न पुगेका तीनै जना कलाकारले सँयुक्त रुपमा रिवन काटेर र दिप प्रज्वलन गरेर पसलको ओपनिङ गरे । ओपनिङकै क्रममा नायिका गरिमाले माहोललाई रमाइलो बनाएकी थिइन् । रातो पहिरनमा सजिएर आएकी नायिका झरनालाई उनले असाध्यै राम्री देखिछिन् । त्यसैले सोहि बुटिकको माहोलमा उनले मुखै फोरेर भनिदिइन् – ‘मलाई त बेहुलीको छेउमा बसे जस्तो भइरहेको छ ।’

गरिमाले यसो भनिरहँदा झरना र सहभागीहरु नहाँसी बस्न सकेनन् । झरनाले गरिमालाई पनि निकै राम्री देखिएको भन्न पछि परिनन् । यस्तै नायिका निताले पनि आफुभन्दा दुई नायिका राम्री बनेर आएको भन्दै प्रशंसा गर्दैथिइन् । बुटिक उद्घाटनका क्रममा सबै नायिकाले एक–अर्काको प्रशंसा गरिरहेका थिए ।

udghatan

तीनै जना नायिकाले कँहिलेकाही यसरी आउटलेट ओपनिङ गर्न पाउँदा खुशी लाग्ने प्रतिक्रिया दिएका थिए । के।एल टावर को दोश्रो तल्लमा रहेको कृषाज् कलेक्सन नेपाली सेलिब्रेटीहरुलाई टार्गेट गरेर खोलिएको आउटलेट हो जसलाई सरोज महर्जन र कृष्ण दाहालले सञ्चालन गरेका हुन । उनीहरुका अनुसार यो आउटलेटमा साडी कुर्ता र लेहेङ्गाका हरेक डिजाईन तयार गरिन्छ ।

तीन नायिका अहिले के मा व्यस्त ?

garima neeta jharna 2

हाल नायिका झरना थापा होम प्रोडक्सनको फिल्म निर्माणको प्रि (प्रोडक्सनमा व्यस्त रहेकी छिन् भने गरिमा पन्त यसै हप्ताबाट फिल्म ‘तीन घुम्तीको छायाँकनमा व्यस्त हुने छिन् । नायिका निता ढुंगाना भने चैत महिनामा प्रदर्शन हुने फिल्म ‘धुन’, भूल भुलैया र ‘फूलै फूलको मौसम तिमीलाई’ को स्वराङ्कन अनि प्रचार प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्