सिड्नीका नेपाली यूवाहरुले आइफोनबाट खिचेर बनाएको म्युजिक भिडियो सार्वजनिक



रंग खबर, काठमाण्डौं । म्युजीक भिडियोको निर्माण बढेसंगै नयाँ–नयाँ प्रविधी भित्रिने क्रम पनि बढ्दो छ । यसैवीच सिड्नीमा रहेको नेपाली यूवाहरुले आइफोनबाट खिचेर भिडियो निर्माण गरेका छन् ।

chahana 2

सिड्नीका यूवाहरुको फिल्म निर्माण कम्पनी आल्प ईन्टरटेन्मेन्टले नेपाली भिडियोमै पहिलो पटक आफुहरुले ‘follow me social photography concept ’ लाई पछ्याउँदै विभिन्न फिचर जस्तै सेल्फी, स्लो मोशन टाइम लेप्स जस्ता प्रविधीको प्रयोग गरेर भिडियो बनाएको दाबी गरेको छ । मना श्रेष्ठ स्लेँग र दर्शना को आवाज रहेको यस गीतलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । शब्द र संगीत पन मनाकै रहेको छ । सविन ज्ञवालीको छायांकन र सम्पादनमा बनेको यो भिडियोमा अजय राजवंशी र पुजा प्रियंका फिचरिङ छन् ।

chahana

आइफोनबाट तयार पारिएको यो भिडियो तलको लिंकमा क्लिक गरेर हेर्नुहोस् अनि प्रतिक्रिया दिनुहोस् :-
[its_video]http://youtu.be/JptebEIfXRE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्