बलिउड अभिनेत्री मलाईका भन्छिन्– ‘अभिनय गर्नुभन्दा पनि आइटम नाच्न नै मनपर्छ ’



रंग खबर, काठमाण्डौं । शाहरुख खानसँग‘ ‘छैंया–छैंया’ गीतमा आइटम डान्स गर्दैै बलिउड जगतमा बलियो पहिचान बनाएकी अभिनेत्री मलाइका अरोरा खानले आफूलाई अभिनयको तुलनामा आइटम नम्बर नै मनपर्ने बताएकी छिन् ।

Malaika

एक भारतीय मिडियासंग कुराकानी गर्दै उनले भनिन्– ‘मलाई अभिनय गर्न विल्कुलै मन पर्दैन, म केवल नाच्न मन पराउँछु, यसमैमा खुस छु। ’ मलाइकाले ‘डलीकी डोली’ फिल्ममा पनि आइटम नम्बर ‘फैशन खत्म’ गरेकी छन्। उनले यसअघि अरबाज खानद्वारा निर्मित ‘दबंग’ र ‘दबंग–२’ मा पनि आइटम गरेकी छन्। मलाईका अरावाजकी पत्नी समेत हुन् ।

‘पतिको फिल्ममा त नृत्य गर्छिन्, के कहिल्यै अरबाजको साथ पनि देखिने छिन्’ भन्ने प्रश्नमा उनका पति अरबाजले भने– ‘चलचित्रमा त होइन,तर हामी घरमा एउटा होम भिडियो बनाएका छौ, जुन हामी भविष्यमा युट्युबमा रिलिज गर्नेछौ ।’ ‘डलीकी डोली’ अरबाजद्वारा निर्मित तेस्रो फिल्म हो। यसमा सोनम कपुर, राजकुमार राव, पुलकित सम्राट र वरुण शर्मा मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्