किन चितवन पुगेर कम्मर मर्काउँदै छिन् ‘आवेग’ नायिका ? (फोटोफिचरसहित)



रंग खबर काठमाण्डौं । फुर्सदको समयलाई सदुपयोग गर्न कलाकार भन्दा बढी कसले जानोस् । त्यही भएर होला वसन्त निरौला निर्देशित फिल्म ‘आवेग’ कि नायिका पवित्रा आचार्य अहिले कम्मर मर्काउन चितवन पुगेकी छिन् ।

new5

‘आवेग’ को डबिङ काम सकिएलगत्तै पब्लिसिटी दौडधुप सुरु हुनु पहिलेको फुर्सदिलो समयलाई सदुपयोग गर्दै शनिवार मात्रै किशोर अनुरागको निर्देशनमा तयार हुँदै गरेको एक म्युजिक भिडियोमा अभिनय गर्नका लागि उनी त्यहाँ पुगेकी हुन् । ‘रेड’ अनि ‘ह्वाईट’ ड्रेसमा सजिँदै उनी त्यँहा कम्मर मर्काइरहेकी छिन् ।

new1
प्रमोद खरेलको स्वर रहेको ‘सम्बन्धको धागो चुँडाई’ बोलको गीतमा अभिनय गर्न पवित्रालाई मोडल कमल चालिसे र बिमल केसीले साथ दिएका छन् । यो भिडियोलाई नरेन्द्र सिंहले खिचेका छन् । भने गीतमा संगीत पुर्ण परियारले भरेका छन् । भिडियोमा पर्यटकिए नगरी सौराहा र नारायणगढका दृश्यहरु समावेश छन् । भिडियो केहि दिनमा नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

new5
new4

प्रतिक्रिया दिनुहोस्