‘नाइ नभन्नु ल ३’ लाई टक्कर दिन ‘हवल्दार सुन्तली’ को यस्तो ट्रेलर, शसक्त भुमिकामा शिल्पा ! (ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । ब्राण्ड भ्यालु बनाएको फिल्म ‘नाइ नभन्नु ल ३’ संग प्रतिष्पर्धामा रहेको निर्माता छविराज ओझा निर्मित फिल्म ‘हवल्दार सुन्तली’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यि दुई ठूला ब्यानरका फिल्म एकसाथ आगामी चैत २७ गतेदेखि प्रदशर्नमा आउँदैछन् ।

hawaldar suntali final

‘नाइ नभन्नु ल ३’ को ट्रेलर सार्वजनिक हुनुअघि नै छविराजले ‘हवल्दार सुन्तली’ को दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा नायिका शिल्पा पोखरेललाई शसक्त भुमिकामा देख्न सकिन्छ । शिल्पाका अलावा दुई नायक सविन श्रेष्ठ र किशोर खतिवडा समेत ट्रेलरमा देखिएका छन् । तर फिल्म नारी प्रधान भएकाले शिल्पा नै ट्रेलरमा हावी भएकी छिन् । यसअघिको फिल्म ‘लज्जा’ मा शिल्पाको डबिङ नराखेका छविले यो फिल्ममा भने उनकै स्वर डबिङ गराएका छन् । त्यसैले ट्रेलरमा शिल्पाको आफ्नै स्वर सुन्न सकिन्छ ।

shilpa pokharel 2

ऋषि लामिछाने निर्देशित ‘हवल्दार सुन्तली’ सत्य घटनामा आधारित फिक्सनल बायोपिक फिल्म हो । यो फिल्म र विकास आचार्य निर्मित ‘नाई नभन्नु ल ३’ एकसाथ प्रदशर्नमा आउँदा दुवै निर्मातालाई घाटा हुने निश्चित छ । तर दुवै निर्माता नेपाली फिल्म नगरीमा सफल निर्माताका रुपमा चिनिने भएकाले पनि उनीहरुले यो लडाईलाई व्यवसायिक रुपमा मात्र नभएर प्रतिष्ठाको लडाईका रुपमा समेत लिएका छन् । त्यसैले दुवै चैत २७ को मितीबाट पछाडी सर्ने र हार मान्ने पक्षमा छैनन् । यसले कसलाई फाइदा र घाटा पुर्याउने हो त्यो त समयले बताउने नै छ । कि कसो ?

‘नाई नभन्नु ल ३’ लाई टक्कर दिने ‘हवल्दार सुन्तली’ को ट्रेलर यस्तो छ :-

[its_video]http://youtu.be/E9F6w5tb18s[/its_video]

 

प्रतिक्रिया दिनुहोस्