‘भ्यालेन्टाइन डे’ मा आनन्द कार्कीले दर्शकका लागि रोमान्टिक गीत गाउने



रंग खबर, काठमाण्डौं । ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय रोमान्टिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । दर्जनौं रोमान्टिक गीतका यी सदावहार गायकले १४ फेब्रुअरी (शनिवार) कै दिन आयोजना हुने आफ्नो एकल गायन कार्यक्रममा आफ्ना कालजयी गीत प्रस्तुत गर्न लागेका हुन् ।

Ananda Karki
रोटरी क्लब अफ जावलाखेलले होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘एन इभिनिङ विद आनन्द कार्की : ‘ द म्युजिकल इभेन्ट’ मा गायक कार्कीले करिव डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा आनन्दले ‘भरे आउ“छु सपनीमा’, ‘यी हल्लाहरु हुन्’, ‘गए जाला ज्यान’सहितका गीतहरु गाउनेछन् ।

Ananda Karki_Valentines Live

गायक कार्कीको एकल गायन कार्यक्रममा गायिका सविना कार्कीले पनि साथ दिने भएकी छिन् । कार्यक्रममा सविनाले केही एकल सहित आनन्द कार्कीलाई युगल गीतमा साथ दिनेछिन् । एकल गायन कार्यक्रममा सात जना बाद्यवादकहरुले लाइभ म्युजिकमार्फत गायक–गायिकाहरुलाई साथ दिनेछन् । सांगीतिक समुह भ्वाइस द ब्याकअप ब्याण्डका संगीतकर्मीहरु वाद्यवादकको रुपमा सहभागि हुँदैछन्  जस अनुसार ढोकलमा भिपि सिंह, तबलामा कुन्दन शशांकर, बाँसुरीमा सम्पूर्ण लामा, किबोर्डमा प्रदीप श्रेष्ठ, बास गिटारमा अनुप दास, लिड गिटारमा रोशन शर्मा तथा ड्रमरको रुपमा रुपेश सिंह रहनेछन् ।

‘भ्यालेन्टाइन्स डे’ को साँझलाई सांगीतिक रुपले रोमान्टिक बनाउने यो कार्यक्रम शनिवार साँझ ६ बजेपछि प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्