लामो विवादपछि प्रदशर्नमा आएको भारतीय फिल्म ‘एमएसजी’ नेपालमा आउँदो शुक्रवारबाट



रंग खबर, काठमाण्डौं । लामो समय विवाद खेपेर प्रदशर्नमा आएको भारतीय फिल्म ‘एमएसजी, द म्यासेन्जर’अब नेपालमा पनि आउँदो शुक्रवारबाट प्रदशर्न हुने भएको छ । फिल्मलाई नेपालमा दर्शना आट्सले वितरण गर्ने राजधानीमा सोमबार आयोजित प्रेसमिटमा जानकारी दिइयो ।
msg final

भारतको सेन्सर बोर्डले बिषयवस्तुका कारण यो फिल्मलाई पास गर्न मानेको थिएन । तर, सरकारले नै हस्तक्षेप गरेर फिल्म पास गराएपछि सेन्सरका अध्यक्षदेखि सम्पूर्ण कर्मचारीले राजीनामा दिएका थिए ।

एक हप्तामै यो फिल्मले भारतमा १ सय करोडको ब्यापार गरिसकेको छ । यो व्यापारसगै सन् २०१५ को सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो फिल्म समेत बनेको छ । यो फिल्मलाई भारतका चर्चित बाबा गुर्मित राम रहिम सिंहले निर्देशन गरेका हुन् । फिल्ममा छायांकन, संगीत, कथा, पटकथादेखि विभिन्न १२ विधामा गुर्मित राम रहिमले नै काम गरेका छन् ।

सन्देशमुलक भनिएको यो फिल्मबाट उठेको सम्पूर्ण रकम समाजसेवामा खर्च गरिनेछ । वितरक दर्शना आट्सका निर्देशक दिपक अधिकारीले पनि नेपालबाट आफूहरुलाई भएको फाइदा सबै समाजसेवामा नै खर्च गरिने बताए ।

प्रेसमिटमा भारत र नेपालबाट बाबा गुर्मित रामरहिमका केही चेला समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्