बलिउड बादशाह शाहरुख खान आज नेपाल आउँदै



रंग खबर, काठमाण्डौं , फागुन २५– ‘किङ खान’ का रुपमा चिनिएका बलिउड बादशाह शाहरुख खान आज नेपाल आउँदैछन् । कन्साई न्यारालेक प्यान्ट्स नेपालले शाहरुखलाई नेपाल ल्याउने प्रबन्ध मिलाएको हो ।
dance with don

शाहरुख आज अपरान्ह तीनबजे आफ्नै चार्टड प्लेनबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

शाहरुख दिउँसो ३ बजे नेपाल ल्याण्ड भए लगत्तै १ घण्टा पश्चात पत्रकार सम्मेलनमा सहभागी हुने र साँझ कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिती जनाउँने खबर प्राप्त भएको छ । सो कार्यक्रममा नेपालबाट हिरोइन प्रियंका कार्की र पोखराबाट हरेक बर्ष आयोजना हुँदै आएको रियालिटी सो बीग आईकनका पाँचौ संस्करणका विजेता कुन्साङ गुरुङको मात्र प्रस्तुती रहने बुझिएको छ ।

कान्साई न्यारोल्याक पेन्ट्सका ब्राण्ड एम्बेसडर शाहरुखलाई उक्त पेन्ट्सले एक बर्षदेखि नेपाल झिकाउने प्रयाश गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्