अमेरिकामा महानायकको अगाडी यम बरालले ‘अब चोटहरुले’ गाउने



रंग खबर, काठमाण्डौं । आफ्नो तेश्रो साधारण सभाको अवसर पारेर एनआरएन अमेरिकाले आगामी मार्च २१ तारिखका दिन भब्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमाल र चर्चित पाश्व गायक यम बरालसहित आधा दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने छ ।
rajesh hamal

महानायक हमाल प्रमुख अतिथि रहने सो कार्यक्रममा गायक बरालले फिल्म ‘अल्लारे’ को ‘अब चोटहरुले पिरोल्दैन मलाई, गहिरो घाउ छातिमा छ’ बोलको बहुचर्चित गीत गाउने भएका छन् । ‘राजेश दाईको सम्मानमा उक्त गीत गाउँने छु’, उनले सुनाए । यो गीतको मर्मलाई वुझेर नायक राजेश हमालले फिल्ममा समेत बास्तविक रुपमा रोएरै अभिनय गरेका थिए ।

अमेरिकाको वासिंगटन डिसी स्थित मेरिल्यान्डमा हुने उक्त कार्यक्रममा नायिकाहरु अनुपमा प्रसाँई , रंञ्जना शर्मा , गायिकाहरु नलिना चित्रकार, संगिता थापा मगर, पबित्रा परियार, श्याम गुरुङ् ,मधुँ क्षेत्री, खेम संग्रौला, तिलक श्रेष्ठ, कलाकार तथा मोडल एकता कार्की , लोक गायिका मन्जु पुन र लोक गायक राम प्रसाद खनाल समेतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्