आयो बहुप्रतिक्षित ‘होस्टेल रिटर्न्स्’ को ‘अडियो ज्यूकबक्स’ |सुन्नुस् युट्यूबमा



रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटर्न्स्’ को सबै गीतहरु समावेश ‘अडियो ज्यूकबक्स’ सार्वजनिक गरिएको छ । फिल्ममा रहेका ६ वटै गीतहरुमा स्याडोज ब्यान्डका चर्चित गायक स्वपनील शर्माको संगीत र स्वर रहेको छ ।
hostel returns pic

यूवावर्गमा लक्षित गरि बनाइएको यो फिल्मका गीतहरुलाई विशेष गरि यूवा पुस्ताले मनपराउने छन् । फिल्मको रोड सङ ‘ड्रिंक ड्रेंक र ड्रंक’ मा स्वपनीलसंगै संजय र नवाज अन्सारीको पनि स्वर रहेको छ भने ‘मुसुक्कै हास्ने’ बोलको गीतमा स्वपनीललाई श्रेया सोताङले सघाएकी छिन् । फिल्मका अन्य ‘बाबु त बन्नु’, ‘आधी आधी टुक्रा’, ‘फेरी आउँछ’ र टु रुरु टु रुरु’ बोलका गीतहरुमा स्वपनीलको एकल स्वर छ ।

फिल्मका सबै गीतहरुमा पप र लोक स्वादको मिश्रण पाइन्छ । फिल्मका ६ वटै गीत सुन्दा मिठो र कर्णप्रिय लाग्छन् । तर यि मध्ये पनि ‘मुसुक्के हास्ने’ र ‘बाबु त बन्नु’ बोलका गीतले अझै बढी यूवापुस्ताका श्रोताहरुको मन जित्न सक्छ ।

दुर्गिश फिल्मस्को ब्यानरमा सुरज भुषालले निर्देशन गरेको यो फिल्मले इन्जिनियरिङका विद्यार्थीहरुको होस्टेल जीवनको कथा बोल्छ । फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन र स्वास्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका मुख्य कलाकारहरु सबै नयाँ हुन् ।

लगातार दुई फिल्म ‘सायद’ र ‘होस्टेल’ सुपरहिट भएसंगै चर्चामा आएका निर्माता सुनिल रावलको तेश्रो प्रोजेक्ट रहेको यो फिल्म आगामी वैशाख २५ बाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । आक्रमक प्रचारशैलीका साथ अघि बढेको यो फिल्म अहिलेदेखि नै दर्शकमाझ प्रतिक्षित बनेको छ ।

सुन्नुस् फिल्मका ६ वटै गीतहरु :-

प्रतिक्रिया दिनुहोस्