महिला हिंसाविरुद्ध प्रियंका | ‘गाउँ–गाउँका महिला अब सक्षम हुनुपर्छ’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । नायिका प्रियंका कार्कीले महिला हिंसा विरुद्ध लड्न गाउँ–गाउँका महिला अब सक्षम हुनुपर्ने धारणा राखेकी छिन् । शुक्रवार राजधानीमा टिएनएम म्यागाजिनले आयोजना गरेको एक कार्यक्रममा उनले महिलाहरु अझै पनि इज्जतको डरले आफ्नो पिडा र हिंसाका कुरा लुकाउने गरेको बताइन् ।
priyanka finalपुरुष प्रभुत्व समाज भएकाले अझै पनि घरमा भएको हिंसा र अन्याय घरमै सिमित हुने गरेको उनको भनाई थियो । ‘तर विस्तारै महिलाहरु बोल्न थालेका छन् र परिवर्तन हुन्छ भन्ने आशा गरौँ’, उनले थपिन् । टिएनएम म्यागाजिनले यो पटक महिला हिंसा विरुद्ध विशेष अंक प्रकाशित गरेको छ । जसमा प्रियंका कार्की फिचरिङमा छिन् ।

priyanka karkiप्रियंका र एसआर मिडिया ग्रुप अन्तर्गत प्रकाशित पत्रिकाका सिइओ फाउन्डर अजय ध्वज थापाले सँयुक्त रुपमा उक्त विशेष अंकको पर्दा लोकार्पण गरेका थिए । विशेष अंकको कभरमा प्रियंकाको दुईवटा कभर फोटो देख्न सकिन्छ । पहिलोमा उनको सकुशल अनुहार र दोश्रोमा महिला हिंसा भएपछिको अनुहार । महिला हिंसाकै विषयमा बोल्ने प्रियंका कार्की अभिनित फिल्म ‘माला’ अहिले प्रदर्शनरत छ । 
priyanka and anil shahयस्तै कार्यक्रममा एउटा ‘साइलेन्ट ड्रामा’ समेत देखाइएको थियो । महिला हिंसाको विषयमा वुमन नेपालले प्रस्तुत गरेको उक्त नाटकको सबैले प्रशंसा गरेका थिए । मेघा बैंकका सिइओ तथा चर्चित बैंकर अनिल केशरी शाहले समेत कार्यक्रममा महिला हिंसा विरुद्ध बोलेका थिए ।

TNM
cover
TNM 2

प्रतिक्रिया दिनुहोस्