मैले कसैलाई ठगेको छैन्, त्यसै रेखा र मलाई बदनाम नगर्नुस् : सुदर्शन गौतम



sudarshanरंग खबर, काठमाण्डौं । दुवै हात नभएर पनि सगरमाथा आरोहण गरी विश्व किर्तिमान राख्न सफल सुदर्शन गौतमले केही युवाहरुलाई विदेश लगिदिने भन्दै लाखौ रकम लिएर अमेरिका फरार भएको भन्ने किसिमको समाचार प्रकाशित भएका थियो । जसबारे सुदर्शनले अमेरिकाबाटै प्रेस विज्ञप्ती निकालेर खण्डन गरेका छन् ।

‘हिम्मतवाली’ फिल्मका हिरो सुदर्शनले आफु र रेखा थापालाई सनियोजित रुपमै बेइज्जत गर्ने हिसाबले छापिएको समाचार झुठो भन्दै दुःख व्यक्त गरेका छन् । कसैको रकम लिएर कतै फरार नभएको उनको भनाई छ । ‘यदि मैले करौडो रुपैया लिएर फरार भएको भए क–कसको रकम लिएको र कुन प्रहरी चौकीमा कति दर्ता नम्बरमा केश दर्ता भएको थियो भन्ने ‘डिटेल्स’ पनि लेख्नु भएको भए आभारी हुनेथिए’, प्रेस विज्ञप्तीमा उल्लखे छ ।

‘म मृत्युलाई पनि जितेर आएको मर्द हो, फरार र भागेर हिड्ने लाचार र नामर्द होइन्’, सुदर्शनले भनेको छन्– ‘यदि गल्ती मैले गरेको नै थिए भने पनि समस्यासंग जुध्ने र सामाधान गर्न सक्ने क्षमता भएको मान्छे हु म , भागेर हिड्ने कायर होइन।’उनले आफु कतै भागेर नगएको र दुई महिनापछि उनको मुख्य अभिनय रहने फिल्म ‘सुपरहिरो’ को छायांकनका लागि नेपाल आउने समेत जानकारी गराएका छन्  ।

सुदर्शनले लाखौ रकम लिएर नेपालबाट अमेरिका फरार भएको भन्ने किसिमको समाचार एक साप्ताहिक पत्रिकाले प्रकाशन गरेको थिए । फरार भएको बारे उनको प्रतिक्रिया यस्तो छ– ‘म बिगत ७ वर्ष देखि क्यानाडा बस्छु , क्यानाडा मेरो घर हो। नेपालमा फिल्म हिम्मतवाली को रिलिज पछि म आफ्नो देश फर्किएको हो र केही महिनादेखि आफ्नो ब्यापार व्यावसायको सिलसिलामा अमेरिका छु। म जहाँ छु खुलम खुल्ला बसेको छु यो कुरा सबै लाई थाहा छ, फेरी म कसरि फरार भए ? ‘

रेखा थापा ‘मेरो गर्डफादर’
सुदर्शनविरुद्ध प्रकाशित भएका समाचारको टाइटल ‘कता हराए रेखाको स्वीटहार्ट’ थियो । यसलाई पछि विभिन्न अनलाईन मिडियाहरुले विभिन्न टाइटल राखेर समेत साभार गरेका थिए । आफ्नो काम र नामसंगै रेखाको पनि नाम जोड्दै वँहाको पनि बदनाम गराउन खोज्नु न्यायपुर्ण नभएको सुदर्शनको भनाई छ ।
Rekha Sudarshan‘बारम्बार रेखा थापा ले सुदर्शन गौतमलाई युज गरिन, मिस युज गरिन , पैसा खाइन लगायतका भ्रामक र आधारहिन समाचार आएको पनि पढे र सहे’, सुदर्शनले अमेरिकाबाटै रंगखबरसंग कुरा गर्दै भने – ‘तर यसको कुनै तुक छैन् ।’ उनले रेखासंग आफ्नो सम्बन्ध नबिग्रिएको पनि स्पष्ट पारेका छन् । ‘रेखा थापा मेरो गड मदर /फादर दुवै हुन् र उनले नै मलाई नेपाली फिल्म क्षेत्रमा ल्याएर नयाँ परिचय दिलाएकी हुन् । ’

रेखा र आफ्नो सम्बन्धबारे पनि उनले मिडियासामु स्पष्ट पारेका छन् । ‘रेखाको बिबाह समारोहमा मात्र नभएर उनको बच्चाहरु को बिबाहसम्म पनि सामेल हुने सम्बन्ध हो मेरो । सानो तिनो हावा हुरी ले यो सम्बन्ध बिर्गान सक्दैन’, उनले विज्ञप्तीमा लेखेका छन् । फिल्म ‘हिम्मतवाली’ मा आफ्नो लगानी रहेको भन्ने कुरा पनि अर्थहिन रहेको उनले बताए । ‘ हिम्मतवाली मा मेरो लगानी छैन। मेरो पैसा रेखाले खाने होइन , हिसाब गर्ने हो भने बरु मैले नै उनलाई तिर्नुपर्छ होला’, उनले भने ।

उनले फेसबुक वालमा समेत विज्ञप्ती पोष्ट गरेका छन् :-
sudarshan Gautam

प्रतिक्रिया दिनुहोस्