बढ्दो महिला हिंसा विरुद्ध ‘दोबाटे’ | महिलाहरुले निकाले र्‍याली



रंग खबर, पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले बढ्दो महिला हिंसा विरुद्धमा चेतनामुलक टेलिश्रृंखला निर्माण गरेको छ ।
Dobateपछिल्लो समयमा महिला हिंसाको घटना विरुद्ध भइरहेका कडा कारबाहीका मागका प्रसङ्ग सहित हाँस्य टेलिश्रृंखाल ‘दोबाटे’ को १८ औं भागलाई प्रस्तुत गरिने भएको छ ।
हिमशिखर टेलिभिजनबाट प्रशारण हुने सो भागका लागि महिला हिंसा विरुद्ध कडा रुपमा उत्रिएका महिलाहरुले शनिश्चरे चोकमा र्याली निकाले । त्यहाँ पुरुषहरु विरुद्ध कडा रुपमा प्रस्तुत भएका महिलाबीच कविको प्रवेशले गल्ति गर्ने पुरुषमाथि कडा कानून बनाएर कारबाही गर्ने कुरामा समर्थन जनाएको छ ।  तर केही पुरुषले गरेको गल्तिका कारण समग्र पुरुषलाई दोषी देखाएर महिला र पुरुषबीचको दुरी बढाउन नहुने सन्देश दिइएको यसका लेखक र कलाकार मध्येका भूपेन्द्र तिम्सिनाले जनाउनु भयो ।

दोबाटेले यस अघि संविधान निर्माणमा १ महिने दवावपूर्ण खवरदारी कार्यक्रम ल्याएको थियो । त्यस्तै, होलि, स्वाइन फ्लु, प्रजातन्त्र दिवश लगायतका सन्दर्भमा पनि सचेतताका लागि व्यङ्ग्य प्रहार गरेको छ । ०५७ सालमा स्थापित नाट्य समूहले मेचीदेखि महाकालीसम्मका ३ सय बढी स्थानमा चेतनामुलक सडक नाटक प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्