सन्जिवको गीतमा विविशाको जिन्दगानी खोज्दै सन्देश ! (फोटोफिचर)



रंग खबर, मोरङ । मोरङका गायक सन्जिव धिमालको ‘अनायास’ एल्बममा समावेश ‘हरायौकी कहाँ लुक्यो जिन्दगानी’ बोलको शिर्ष गजल गीतको मयुजिक भिडियो बन्ने भएको छ । झापाको दमक, केर्खा लगायतका स्थानमा हालै गीतको छाँयाकन सकिएको हो ।
music videoगीतलाई भुपेन्द्र तुम्वाहाम्फेले निर्देशनका साथै छाँयाकन समेत गरेका छन् । तारा पराजुलीले लेख्नु भएको गीतमा गायक धिमालले नै संगित दिएका छन् । गितमा सञ्चारकर्मी समेत रहेका मोडल सन्देष पौडेल , विविशा श्रेष्ठ र प्रकाश खनालको अभिनय रहेको छ । गितको ‘स्कृप्ट कन्सेप्ट’ समेत तयार पारेका पौडेलले यसअघि गायक सुजन सरगमको ‘तिम्रो घरमा पञ्चे बाँजा’ बोलको गितमा समेत अभिनय गरेका थिए । श्रेष्ठ र खनालको भने यो डेब्यु म्युजिक भिडियो हो ।
harayeuसिल्भर इन्टरटेनमेन्ट प्रा.लि. धरानको ब्यानरमा निर्माण हुन लागेको म्युजिक भिडियोको छिट्टै नै एनटिभी प्लस च्यानलबाट रिलिज गर्ने तयारी गरेको यसका निर्देशक तुम्बाहाम्फेले बताएका छन् । प्रेमसँग सम्बन्धित रहेको गितलाई अडियो मार्फत श्रोताहरुले निकै नै गुनगुनाउन थालिसकेका छन् । प्रस्तुती: सुमन घिमिरे
music video 2

प्रतिक्रिया दिनुहोस्