दिपकको स्वरमा तुलाको ‘रित्यायौं यी बुढी आमाको काख’ (भिडियो)



रंग खबर, काठमाण्डौं । गीत संगीत भनेको खबरदारी पनि हो । जसको माध्यमबाट सर्जकहरुले विभिन्न निकाय सम्वद्ध पक्षहरुलाई झस्काउने काम गरिरहेका हुन्छन् । यस्तै गरी मुलुकमा संविधान बनाउनकै लागी दुई पटकसम्म चुनाव हुँदा जन प्रतिनिधीहरुले बाचा पुरा नगरेको अबस्थालाई गीतमा ढालेका छन् गीतकार तुला प्रवातले ।
sony ghimireतुलाको आफ्नै शब्द तथा संगीतमा तयार ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीतमा दिपक लिम्बुले स्वर दिएका छन् । युट्युवमा सार्वजनिक तुलाको यो गीतले पछिल्लो समयको नेपाली परिवेशलाई शब्द चित्रण गरेको छ ।

विगत १५ बर्षदेखि गायन र संगीतमा सक्रिय तुलाको यो गीत उनको तेस्रो सांगितिक एल्बम ‘दोष’मा समावेश हुनेछ । उनले यसअघी नै २ वटा एल्बम ‘माया’ र ‘भविष्य’ श्रोतामाझ ल्याइसकेका छन् । यो गीतको भिडियो पनि तयार भईसकेको छ ।  प्रशन्न पौडेलको निर्देशन रहेको भिडियोलाई सुदिप बराललले खिचेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्