भुकम्प पिडितलाई सहयोग गर्न टंकको सांगितीक अपिल (गीत सुन्नुस्)



काठमाण्डौं । गायक तथा संगीतकार टंक बुढाथोकीले भुकम्प पिडितको सहयोगमा जुट्न सबैमा सांगितिक अपिल गरेका छन् । महाभुकम्प पछिको परिस्थितलाई मध्यनजर गर्दै संगीतकार बुढाथोकीले संगीत सृजना गरी गीतको माध्यमबाट सबैलाई सहयोगमा जुट्न आब्हान गरेका छन् ।
tanka bahadur budathoki‘सेभ नेपाल’ बोलको गीतमा संगीतकार बुढाथोकी र गायिका अनु ढकालको आवाज सुन्न सकिन्छ । गीतको अडियो युट्युबबाट भर्खरै सार्वजनिक गरिएको छ । ‘कलाकारको पनि सामाजिक उत्तरदायित्व हुन्छ, त्यही भएर पनि मैले आफ्नै क्षेत्रबाट केही गर्न सक्छु कि भनि यो गीत बनाएको हुँ’, गीतको बारेमा गायक तथा संगीतकार बुढाथोकीले भने ।

गीतको अफिसियल भिडियो बन्दै गरेको पनि उनले जानकारी गराएका छन् । अफिसियल भिडियोमा विभिन्न कलाकारहरुलाई फिचरिङ्ग गरिने पनि उनले जानकारी गराए । –
गीत यहाँ सुन्नुस् :-

प्रतिक्रिया दिनुहोस्