‘हामी सबैका लागि’ भन्दै कलाकर्मीले बनाए थप तीस घर



रंग खबर, काठमाण्डौं । ‘हामी सबैका लागि’ नारासहित भूकम्प पीडितका लागि अस्थाई घरको निर्माणमा लागिरहेका कलाकर्मीहरुले नुवाकोट थान्सिङ र काठमाण्डौँको साङ्लामा १५–१५ घर निर्माण गरि हस्तान्तरण गरेका छन् । ‘प्रोजेक्ट रुफ’ अन्तर्गत एक सय घर निर्माण गर्ने लक्ष्य लिएको यही समुहले यसअघि काभ्रेको रामपुर डाँडामा ४० अस्थाई घर निर्माण गरिदिएको थियो ।
we for all 2नुवाकोटको प्रोजेक्टका लागि पुजा थापा र सेन्ट जर्मन समुहले सहयोग गरेको संयोजक सुरेशदर्पण पोखरेलले बताए । हङकङ नेपलिज रेस्कियू र भोलिन्टियर टिमले पनि यसमा साथ दिएको थियो । साङ्लाको प्रोजेक्टका लागि दबई निवासी रतन थापाले सहयोग गरेको उनले जनाए । घर निर्माणमा अभिनेत्री केकी अधिकारी, बेनिशा हमाल, अभिनेता दिलिप रायमाझी, श्याम अर्याल लगायतका कलाकर्मीले साथ दिइरहेका छन् ।
we for allनेपाली फिल्म क्षेत्रमा कृतीहरु माथि आधारित रहेर बनेका र केही व्यवसायिक रुपमा सफल मानिएका फिल्महरुको नाम तथा नेपालका १४ अन्चलका नामहरुबाट ति घरहरु हस्तान्तरण गरिएको संयोजक पोखरेलले बताए । ‘अब हामी गोर्खाको कुनै एक भूकम्प पीडित गाउँको निर्माणमा केन्द्रित हुनेछौ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्