सात वर्षपछि किरणले ल्याए ‘ओझेल’ | भन्छन्– ‘यो पटक निकै मिहेनत गरेको छु’



रंग खबर, काठमाण्डौं । गायक तथा कम्पोजर किरण इजम लिम्बु आफ्नो नयाँ एल्बम ‘ओझेल’ लिएर बजारमा आएका छन् । सात बर्ष अघि ‘द वारियर ब्यान्ड’ स्थापना गरेर सोही ब्याण्डबाट पहिलो एल्बम ‘परिक्षा’ बजारमा ल्याएका किरणले पुन: लामो समयको ग्यापपछि दोस्रो एल्बम लिएर देखा परेका हुन् ।
kiran limbu‘पहिलो एल्बमबाट निकै राम्रो प्रतिक्रिया पाएपनि त्यसपछि अलि ओझेलमा परेको थिए’, गायक लिम्बुले भने, ‘अब दोस्रो एल्बम ओझलले भने मलाई ओझेलबाट बाहिर ल्याउछ भन्ने अपेक्षा छ’ । रक पप शैलीको एल्बम ‘ओझेल’मा उनले निकै मेहनत गरेको पनि सुनाए । ‘पहिले रहरै रहरमा एल्बम गरियो तर यसपाली भने निकै मेहनत गरेको छु’, एक बसाईमा ‘हस्की भ्वाईस’का धनी गायक लिम्बुले प्रतिक्रिया दिए ।
ojhel‘नयनभरी’, ‘एक्लो रात’, ‘मस्की मस्की’, ‘मुक्ति’ र ‘तिमीलाई मैले’ लगायत ६ वटा गीत एल्बम ओझेलमा समावेश गरिएको छ । एल्बमका ६ मध्ये दुई गीतको म्युजिक भिडियो पनि तयार भईसकेको गायक लिम्बुले जानकारी गराएका छन् । ‘नयनभरी’ र ‘मस्की मस्की’ बोलको गीतहरुको भिडियो तयार पारिएको हो, जसको निर्देशन विज्ञान राईले गरेका छन् । भिडियोलाई चाडैं सार्वजनिक गरिने पनि उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्