सुर्दशन गौतमको हर्कतविरुद्ध चलचित्र पत्रकार संघको खेद प्रकट (धम्कीको अडियोसहित)



रंग खबर, काठमाण्डौं । समाचार लेखेकै भरमा पत्रकार श्यामसुन्दर (प्रसाद) गिरीलाई ज्यान मार्ने धम्की दिएका ‘हिम्मतवाली’ का कलाकार सुर्दशन गौतमलाई चलचित्र पत्रकार संघले माफी माग्न १५ दिने अल्टिमेटम दिएको छ ।
sudarshan and shyamsundarफिल्मी बजार डटकममा ‘भूकम्प पीडितका नाममा राहत संकलनभनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा लेखिएको गसिप समाचारका विरुद्ध सुर्दशनले पत्रकार गिरीलाई काटेर चोभार र बागमती फालिदिनेसम्मको धम्की दिएका थिए । यसरी अश्लील शब्द बोल्दै धम्की दिनु, समाचार संस्था र संचारकर्मीमाथि धावा बोल्नु र गैरकानुनी व्यवहार देखाउनु अक्षम्य भएको ठहर गर्दै संघले गौतमप्रति खेद प्रकट गरेको हो । सामाजिक प्रतिष्ठा समेत भएको व्यक्तिले यस्तो व्यवहार अपनाउनु निलर्जज्जताको पराकाष्ठा भएको भन्दै संघले १५ दिनभित्र आफ्ना शब्द फिर्ता लिदैँ माफी नमागे बहिष्कारसम्म गर्नसक्ने चेतावनी दिएको छ  ।

‘यथाशिघ्र माफी मागी प्रेसको मर्यादा राख्न र पत्रकारमाथिको सम्मान कायम गर्न संघ आग्रह गर्दछ’, महासचिव सन्दिप सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतमा बसेको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तीमा लेखिएको छ । यसअघि प्रेस युनियनले पनि एक विज्ञप्ती जारी गर्दै धम्कीको कडा भत्सर्ना गरेको थियो ।

कलाकार सुर्दशन गौतमले पत्रकार गिरीलाई दिएको धम्कीको पुरा अडियो सुन्नुस :-

Read Press Release :-
press bigyapti

प्रतिक्रिया दिनुहोस्