अलग अभियानमा रमेशको ‘बाध्यता’ सार्वजनिक



रंग खबर, काठमाण्डौँ । नवगायक रमेश बानियाँको पहिलो सोलो एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ ।
badhyata-bimochan (2)प्रत्येक महिना आयोजना गरिदैँ आएको श्रृंखला ‘अलग अभियान’ मा उनको एल्बम विमोचन गरिएको हो । संगीतकार महेश खड्का, साहित्यकार महेश पौडेल, कवि बम बानिया लगायतले सँयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।

एल्वम ‘बाध्यता’ मा पाँचवटा गीत समावेश छन् । ‘बाध्यतामा’, ‘आज तिम्रो कुरा’, ‘तिमी मेरी हौँ’, ‘खै कसरी भनुँ’, छड्के हेराइले’ र छेउमा आई बसिदेउन बोलका पाँचवटै गीतको म्यूजिक भिडियो बनेको छ । भिडियोहरुमा गायक स्वयमले नायिका संचिता लुइटेल, सुरविना कार्की, स्मारिका थापा, सिम्रन लिम्बु, सन्तोष राई, विनिता राई, एलिसा सिंह लगायतसंग अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकान, दिपक विष्टको सम्पादन रहेको सम्पुर्ण भिडियोलाई राजेश राईले निर्देशन गरेका हुन् ।

एल्वममा रमेश, मिरादेवी राई र दिपक बानियाँको शब्द रहेका छन् । गायक रेवत राई, सुमन राई, निम सङ्गीत, मनिपल राई, मनोज साङसोन र शिव थापा मगरले एल्वममा समावेश एक–एकवटा गीतमा संगीत भरेका छन् । एल्वम सार्वजनिक कार्यक्रममा संगीतकार खड्काले रमेशको पहिलो प्रयास प्रंशसनिय रहेको बताए । म्यूजिक भिडियो देखाइसकेपछि उनको अभिनय पाटोको पनि कार्यक्रममा प्रशंसा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्