बलरामको शब्दमा नम्रता र ओमको यस्तो प्रेम (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । प्रेमको कुरा समेटेर गीतकार बलराम न्यौपानले शब्दहरु कोरेका छन् । गायिका अञ्जु पन्तको आवाजमा समावेश ‘धती फाटोस् आकाश झरोस्’ बोलको गीतमा यस्तै प्रेमको भावनालाई गीतकारले शब्दमा उतारेका छन् ।
namrata and omविगत ५ बर्षदेखि गीत लेखनमा सक्रिय गीतकार न्यौपानाले डेढ दर्जन गीत लेखिसकेको बताए । उनले आफूले पैसा कमाउन भन्दा पनि मनमा उब्जेका भावनालाई उतारेको बताए । गीत लेखेर पैसा कमाउने धुनमा आफू नलागेको उनको तर्क छ ।

दीपक शर्माले संगीत भरेको गीतको भिडियोमा ओम क्षेत्री र नम्रता सापकोटाको मोडलिङ छ । गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल यो गीतबाट आफूले धेरै आशा राखेको गीतकार न्यौपानाले बताएका छन् ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्