साउनमै करिष्माको स्टुडियोभित्र आशिष्माले खेलिन् होली !



रंग खबर, काठमाण्डौं । रातको ९ बजे । सेतो कुर्ता र रातो सरवालमा सजिएकी थिइन्, नायिका आशिष्मा नकर्मी । उनलाई साथ दिँदै थिए, थारु समुदायका मोडल नरेश जोगी र उनको टिम । माहोल नै अर्कै थियो, रमाइलो थियो । सबै मान्छे सुत्ने बेलामा त्यँहा रमाइलो गरिँदै थियो । फागुन होइन, तर होली खेलिदैँ थियो । रातो अबिरसंगै रम्दै थिइन् आशिष्मा ।
ashismaशुक्रवार राती ललितपुरस्थित गोदावरीमा रहेको नायिका करिष्मा मानन्धरको स्टुडियोमा देखिएको दृश्य हो यो । तर, यहाँ कुनै ‘सेलिब्रेसन’ भइरहेको थिइन् । थारु समुदायमा चर्चित रहेको गायक टंक बुढाथोकीको थारु गीत ‘ओए लब्ली’ लाई रिमेक गरेर नेपाली भर्सनमा बनाइएको गीतको छायांकन हुँदै थियो । प्रकाश मिश्रको शब्द र टंककै संगीत रहेको गीतको भिडियो निर्देशन गोविन्द मुखियाले गर्दै थिए । थारु गीतको भिडियोलाई पनि उनैले निर्देशन गरेका थिए । यो गीतको थारु भर्सनमा नरेशलाई मोडल सुजना ढकालले साथ दिएकी थिइन् । नेपाली भर्सनमा आशिष्माले साथ दिएकी हुन् ।
holi 2राजु केसीले खिचेको भिडियोमा कोरियोग्राफी रुपेश उप्रेतीले गरेका छन् । विहान ६ बजेबाट शुरु भएको छायांकन रातको दुई बजे सकिएको निर्देशक मुखियाले बताए । ‘भिडियोमा नयाँ स्वाद दिने प्रयास स्वरुप छायांकन गरेका छौँ । चाँडै रिलिज गर्नेछौ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्