दयाहाङ राईले खोलेको क्याफे हेर्न आउनेको भिड



प्रकाश दाहाल, काठमाण्डौं । अभिनेता तथा निर्देशक दयाहाङ राईले मण्डला नाटकघरमा खोलेको बैतरणी क्याफे हेर्न आउनेको भिड दिनानुदिन बड्दै गइरहेको छ । क्याफे हेर्न आउने दर्शकलाई हात जोड्दै सरी “भोली आउनुस न है ,हाउसफुल भै गयो” भन्दै थिए दयाहाङ । प्राय सधै हाउसफुल गइरहेको यो क्याफेमा पानी बाहेक केहि खान पाइदैन,तर मनोरञ्जन भने मज्जाले गर्न पाइन्छ । बैतरणी नदी पार भएपछि जुनी फेरिन्छ भन्ने हिन्दु मिथकलाई एउटा क्याफेका रुपमा परिकल्पना गरेर दयाहाङले नयाँ नाटक बैतरणी क्याफे बनाएका हुन् ।

बिभिन्न जनावरहरुलाई सिम्बोलिक रुपमा प्रयोग गरेका दयाहाङले मानिसमा हुने महत्वकाँक्षा ,छलकपट लगायत अहमतालाई देखाउने प्रयास गरेक छन् । मण्डला नाटकघरकै पहिलो धेरै कलाकार लिएर बनाइएको नाटक हो बैतरणी क्याफे । २५ जनाभन्दा बढी कलाकार, ४ म्युजीसियन र १० जना भन्दा बढी नेपथ्यमा गरी ४० जना 11722178_1003667606324575_386715836205108109_oभन्दा बढी कलाकारलाई समेटेर खोलिएको क्याफेको दर्शक प्रतिक्रिया भने मिश्रित छ । ‘प्रयोगात्मक नाटक भएकाले कसैले मन पराएका छन् त कसैले राम्रो छैन भनेका छन् ‘, मण्डलाका स्टेज म्यानेजर बिजय बरालले बताए ।
करिब १ घण्टा ४० मिनेटको नाटकमा बाल्मिकी पोखरेल ,बिजय बराल ,उमेश तामाङ,बिकाश जोशि ,अनुप न्यौपाने ,रियर राई ,बिजया कार्की ,सृजना सुब्बा लगायतले अभिनय गरेका छन् । निर्देशन सहयोगीका रुपमा सोमनाथ खनाल र प्रकाश संयोजन इँगिहोपो कोइच सुनुवार र सिजन दाहालले गरेका छन् । नाटक भदौ ६ सम्म मञ्चन हुनेछ ।10987409_1003669022991100_2592008591460315877_o 11717442_1003665646324771_3886316448879985420_o 11791982_1003666832991319_6622952622357516456_o 11794153_1003666759657993_9054262921787991831_o

प्रतिक्रिया दिनुहोस्