चिरञ्जीविको मिठासपुर्ण ‘अनप्लग’ : ‘म भन्छु यो गर, तिमी भन्छौ त्यो गर्छु’



रंग खबर, काठमाण्डौँ । गायक तथा संगीतकार चिरञ्जिवी भन्डारी पहिलोपटक ‘अनप्लग’मा दर्शक तथा श्रोतामाझ देखिएका छन् । ‘म भन्छु यो गर’ बोल गीतको ‘अनप्लग’ भिडियो तयार भएको हो जहाँ उनी देखिएका हुन् । यो गीतमा उनकै स्वर र संगीत रहेको छ ।
chiranjivi bhandariयो गीत गीतकार शंकर कँडेलको रिलिजको तयारीमा रहेको एल्बम ‘सान्नानी’ मा समावेश छ । गीतको संगीत मिठासपुर्ण छ । एकवर्षअघि पहिलो एल्बम ‘माया पिरती’ ल्याएर दर्शकमाझ छाएका गायक चिरञ्जीवी यही एल्बम मार्फत संगीतकारका रुपमा चिनिँदै छन् । यो एल्बममा उनको चार वटा गीतमा संगीत रहेको छ । अन्य गीतमा भने बसन्त सापकोटा र अनुप रेग्मीको संगीत रहेको उनले बताए । एल्बममा शिव परियार, प्रमोद खरेल, मनोजराज, अञ्जली रेग्मीलगायतका गायक/गायिकाको स्वर रहेको छ ।

फरक गायन शैलीका कारण ‘नेपाली मिका सिंह’का रुपमा चर्चामा रहेका चिरञ्जीवी विगत केही वर्षदेखि निरन्तर संगीत सिकिरहेका छन् । भन्छन्, ‘संगीत मेरा लागि सरस्वती हो । यो विना मेरो जीवन अपुर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्